डेरा खोज्ने भन्दै ठगी

डेरा खोज्ने भन्दै ठगी

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ १५, २०७६

काठमाडौं । रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौँमा बिबिए अध्ययन गर्दै थिए । धेरै समयसम्म आफैं बस्न राम्रो डेरा खोजे । तर, कतै पाएनन् । उनले फेसबुकमा एउटा पेज फेला पारे ।

‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौँ नाम दिइएको उक्त पेज गुप्ताले खोलेर हेरे । पेजमा राजधानीका थुप्रै घर र खाली कोठाको फोटोसमेत पोस्ट गरिएको थियो । दुइटा मोबाइल नम्बर देखेपछि एउटामा गुप्ताले फोन गरे ।

फोन भोजपुर घर भइ हाल जुम्ला बस्ने रामचन्द्र भट्टराईले उठाए । गुप्ता गफिन थाले । ‘हाम्रो अफिस बसुन्धरामा छ । डेरा खोज्न कार्यालयमै आउनुभयो भने पाँचसय थप चार्ज लाग्छ । होइन भने दुई हजार पाँच सय लाग्छ,’ भट्टराईको भनाई उदृत गर्दै गुप्ताले भने, ‘मैले कार्यालय जानुभन्दा सजिलो उपाय पैसा तिर्ने निधो गरे ।’

गुप्ताले बैंकबाट भट्टराईको ईसेवाको खातामा पैसा पठाए । पैसा पठाएको केही मिनेटमै भट्टराई फोन सम्पर्कविहीन भए । उनले गुप्तालाई फेसबुक र फोन दुवैमा ब्लक गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।