एमाले अध्यक्ष ओलीद्वारा गठबन्धन माथि '२५ सिटे खड्ग' प्रहार ! जसपा 'बार्गेनिङ' गर्दै कि तालमेल ?

लोकसंवाद टिप्पणी

एमाले अध्यक्ष ओलीद्वारा गठबन्धन माथि '२५ सिटे खड्ग' प्रहार ! जसपा 'बार्गेनिङ' गर्दै  कि तालमेल ?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २०, २०७९

काठमाडौँ । प्रतिगमन विरुद्ध गठबन्धन गरेर सत्तामा पुगेको ५ दलीय गठबन्धनमा सिट बाँडफाँड सँगै सङ्कट देखा पर्न थालेको छ । ५ दलीय गठबन्धनकै सबै दलमा असन्तुष्टिका स्वरहरू मुखरित भइरहेको  बेला गठबन्धन भित्रको जनता समाजवादी पार्टी अलग्गिने तयारीका समाचारले नेपालको राजनीति पुनः एक पटक तरङ्गित हुन पुगेको छ ।

जसरी भए पिन गठबन्धन तोड्नु पर्ने मिसनमा  रहेका प्रमुख प्रतिपक्षी दला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको '२५ सिटे खड्ग' प्रहारबाट  गठबन्धनको जग  नै धरमराएको छ । सकेसम्म जनता समाजवादी पार्टीका अधिकांश नेतालाई टिकट दिँदै पार्टी प्रवेश गराउँदा पनि जित सुनिश्चितता नभए पछि गठबन्धनले दिएको सिट भन्दा बडी अर्थात् करिब डेडो बढी सिट दिएर भए पनि तालमेल गर्ने अस्त्र एमाले अध्यक्ष ओलीले फाली रहेका छन् ।  

सत्ता गठबन्धनको बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको र  त्यसमा  जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन सरिक हुने र अधिकतम  सिटका लागि 'बार्गेनिङ' गर्ने र उता अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेको  समाचार लेख्न र लेखाउन लगाइएको छ ।

यसलाई राजनीतिक कार्यकर्ताहरूले पा एमाले अध्यक्ष केपी शर्मा ओलीको गठबन्धन तोड्ने कडीका रुपमा लिएका छन् भने अर्को तर्फ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीलाई अधिकतम  सिट दिलाउने अध्यक्ष उपेन्द्र यादवको रणनीतिका रुपमा  लिन थालेका छन् । यही रणनीति अन्तरगत जनता समाजवादी पार्टीले सत्ता गठबन्धनमा प्रस्तावित भागबन्डा प्रति असन्तुष्टि जनाउँदै  कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरी सकेको छ । 

सत्ता गठबन्धन कायमै रहने हो भने लोसपासँग तालमेल गर्दा परिणाम खासै परक पर्ने नदेखिए पछि बरु केही  सिट बढी नै दिएर भए पनि जसपा सँग तालमेल गर्ने तयारी गर्दा लोसपा प्राथमिकतामा नपरेको हो । उता  लोकपाले धेरै सिट मागेको छ भने एमाले  ‘महन्त ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरूलाई मात्र  छाड्न सक्ने बताएको छ। 

जसपा नेताहरूका अनुसार सत्ता गठबन्धन फुटाउने सर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधि सभाको २५ सिट दिन तयार भएको भएको सन्देश दिएर सकेसम्म बढी सिट लिने तयारीमा छ । सत्ता गठबन्धनले  जनता समाजवादी पार्टीलाई मागे जति सिट दिन तयार नभए गठबन्धनले दिएको भन्दा एक वा दुई  सिट भए पनि बढी  लिएर भए पनि एमालेसँग सहकार्य गर्न तयार भएको सन्देश एमाले अध्यक्ष ओलीलाई अध्यक्ष यादवले दिइसकेका छन्  ।

एमाले देशभरमा एमाले पहिलो पार्टी हुने  र मधेस प्रदेशमा  जनता समाजवादी पार्टीलाई पहिले पार्टी बन्ने गरी सहमति गर्न एमाले तयार रहेको अध्यक्षले दिएको बचनसँगै जसपा अध्यक्ष यादव लचिलो बन्न तयार भएको बताउन थालिएको छ । 

गठबन्धनमा जसपालाई १६ सिट प्रस्ताव गरिएको छ । जसपाका एक नेताका अन्सार  ‘हाम्रो प्राथमिकता गठबन्धन नै थियो, तर कहाँ १६, कहाँ २५ सिट ।’ गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुन सक्छ' ।

 पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन भनी बसेका 'निर्णायक वार्ता 'केबल पुनः बैठक बस्ने सहमतिमा नै टुङ्गिने गरेका छन् । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै  निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले  जानकारी दिएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्य तालिका रहेको छ । 

 त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब दुई दिन मात्र बाँकी रहेकाले पनि बाँडफाँट टुङ्ग्याउनै बाध्यता छ । गठबन्धनको बैठक जारी रहेकाले हिजो  बस्ने भनिएको सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस  कार्यसम्पादन समितिको बैठक बस्न सकेन ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहँदै आएको छ । 

४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारको मनोनयन गर्ने दिन आउन ७२ घण्टा मात्र बाँकी छ । हरेक उम्मेदवारको मनोनयन दर्ता सम्बन्धित जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा हुने भएकाले काठमाडौँबाट जिल्लामा पुग्न पनि उनीहरूलाई समय चाहिन्छ । तर, बिहीबारसम्म दलहरूले उम्मेदवार चयन गरिसकेका छैनन् । 

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा जाने भएकाले यी दलहरूमा सिट बाँडफाँटमा नै सहमति भएको छैन । त्यसैले यी दलहरूले प्रत्यक्ष तर्फका उम्मेदवार चयन गरिसकेका छैनन् । 

उता अर्को प्रमुख दल नेकपा एमालेले उम्मेदवार टुङ्ग्याएर नाम भने गोप्य राखेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘हामीले सबै उम्मेदवार टुङ्गो लगाइसकेका छौँ । नाम भने सार्वजनिक गरिएको छैन । समयमै नाम पनि सार्वजनिक गर्छौँ ।’ एमालेले उम्मेदवार टुङ्ग्याए पनि नाम सार्वजनिक नगर्नुको कारण राप्रपासँगको सम्भावित तालमेल हो । उपाध्यक्ष पौडेलले राप्रपासँग वार्ता चलिरहेको बताए । उनले भने, ‘राप्रपासँग वार्ता चलिरहेको  छ । तर, अहिलेसम्म कुनै सहमति भइसकेको छैन ।’ 

एमालेसँग तालमेलका लागि राप्रपाले १२ सिट मागेको छ भने एमाले भने ६ सिट दिन तयार भएको बताइएको छ । एमालेले प्रतिनिधिसभाका १६५ वटै र सबै प्रदेश ३३० सिटमा उम्मेदवार तय गरी सकेको जानकार दिए पनि सार्वजनिक  भने गरेको छैन । 

 उता काँग्रेसमा भने उम्मेदवार चयनका लागि लगातार छलफल चले पनि काँग्रेसमा संस्थापन समूह र डा. शेखर कोइराला समूह बीच आ–आफ्नो तर्फका धेरै नेतालाई टिकट दिलाउने अन्तिम  कसरत गरिरहेको छ । यो समूहले विभिन्न भेला तथा बैठक गर्दै सभापति शेरबहादुर देउवा माथि दबाब बढाइरहेको छ । 

तर, गठबन्धनमा कांग्रेसको भाग कति सिट पर्छ भन्ने टुङ्गो लागि नसक्दा पनि कांग्रेसले उम्मेदवार पनि टुंग्याउन सकेको छैन । अहिले गठबन्धनको बैठकमा समय खपत गरिरहेको छ । 

 गठबन्धनको बैठकपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न बाँकी नै छ । सो बैठकले प्रत्यक्ष तर्फका उम्मेदवारबारे निर्णय गर्नेछ । पार्टीको संसदीय बोर्डमार्फत उम्मेदवार चयन गर्नुपर्ने विधानको व्यवस्था भए पनि कार्यसम्पादन समितिको बैठकबाट सभापति देउवाले आफूमा अधिकार लिएर टिकट वितरण गर्ने तयारी छन् । 

लोसपा कसैको पनि प्राथमिकतामा परेन 

मधेसको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हालै मात्र एमालेसँग वार्ता गर्न भनेर टोली नै बनाएको थियो । तर एमाले नेताहरुले  लोसपासँग सहमतिको प्रयास समेत  अघि बढाउन तयार भएका छैनन् ।

उनीहरूका अनुसार सत्ता गठबन्धन कायमै रहने हो भने लोसपासँग तालमेल गर्दा परिणाम खासै परक पर्ने नदेखिए पछि बरु केही  सिट बढी नै दिएर भए पनि जसपा सँग तालमेल गर्ने तयारी गर्दा लोसपा प्राथमिकतामा नपरेको हो । उता  लोकपाले धेरै सिट मागेको छ भने एमाले  ‘महन्त ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरूलाई मात्र  छाड्न सक्ने बताएको छ।