चार करोड ५५ हजार समानुपातिकको मतपत्र छपाइ

चार करोड ५५ हजार समानुपातिकको मतपत्र छपाइ

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २३, २०७९

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरबाट कूल चार करोड ५५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ । 

यसमध्ये प्रतिनिधिसभा सदस्यतर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ यही असोज २७ गतेदेखि मतपत्र छपाइ कार्य सुरु हुनेछ ।