एकीकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य भट्टको स्वतन्त्रमा उम्मेदवारी

एकीकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य भट्टको स्वतन्त्रमा उम्मेदवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २३, २०७९


बैतडी ।  नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य परमानन्द भट्टले  प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैतडी जिल्लामा गठबन्धन दलबाट  कुनैपनि क्षेत्रमा पार्टीको कोटा नदिदा भट्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

नेकपा एकीकृत समाजवादीले बैतडीमा संघ र प्रदेश सभामा कुनै एक सिटको दाबी गरेका हो । बैतडीमा संघको एक र प्रदेशको दुई सिटमा छन, संघमा माओवादी केन्द्र र प्रदेशमा नेपाली कांग्रेसलाई बाँडफाँड गरेको छ। तिनवटै स्थानमा पार्टीले नपाउँदा  बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको नेता भट्टले वताएका छन् । 

नेता भट्ट बैतडी जिल्लाका सरल र समन्वयकारी भुमिका भएको आम बुझाई छ। उनी बैतडी जिल्ला कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन,२०५३ मा भएको तत्कालिन प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को उपनिर्वाचनमा करिव ३ सय मतले नेपाली कांग्रेससँग पराजित भएका हुन।

नेकपा एकीकृत समाजवादीले प्रदेश निर्वाचन क्षेत्र १ मा नरेन्द्र बिष्टलाई उम्मेद्वार बनाएको छ।