उपलब्धिको कसीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका चार वर्षे कार्यकाल

उपलब्धिको कसीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका  चार वर्षे कार्यकाल

गङ्गाप्रसाद उप्रेती/ प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’  |  साहित्य  |  आश्विन २४, २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालकै सबैभन्दा पुरानो र उच्च प्राज्ञिक संस्था भएको कुरा सबैलाई अवगत नै छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जनस्तरको पहल, बालचन्द्र शर्माको राजनीतिक पहुँच र तात्कालिक कवि राजा महेन्द्रको साहित्य, कला आदि वाङ्मय प्रतिको प्रगाढ अनुरागको प्रति फलस्वरूप नेपाली भाषा, साहित्य, संस्कृति, कला, विज्ञान, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायतका प्राज्ञिक विधाहरूको समयानुकूल सर्वाङ्गीण विकास, विस्तार, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०१४ मा नेपाली साहित्य कला एकेडेमी नामबाट स्थापना भएको र काल क्रममा नेपाल एकेडेमी, रायल नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका नामबाट सञ्चालित यस प्राज्ञिक संस्थाको नेतृत्व नेपाली वाङ्‍मयका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरूले समय समयमा गर्दै आउनुभएको स्थितिप्रति समेत समस्त प्राज्ञिक जगत् जानकार नै छ ।

२०६४ सालमा जारी नेपाल प्रज्ञा–प्रतिष्ठान ऐनअनुसार भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र गरी ५ ओटा विषय क्षेत्रमा विशिष्टीकृत यो प्रज्ञा–प्रतिष्ठान नेपालको बहु भौगोलिक र बहु प्रतिकृतिका साथै बहुजातीय, बहु सामाजिक, बहुसांस्कृतिक र बहुभाषिक विशिष्टतालाई केन्द्रमा राखेर प्राज्ञिक गतिविधिका माध्यमबाट नेपालको गौरवलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने काममा अनवरत क्रियाशील रहँदै आएको छ । उपर्युक्त विषय क्षेत्र अन्तर्गत रहेर विभिन्न प्रकारका अध्ययन÷अनुसन्धान, अनुवाद, गोष्ठी, सम्मेलन, कार्यशाला, प्रकाशन आदि कार्यहरू सम्पन्न गर्ने एवम् अनुसन्धान र सिर्जनाका क्षेत्रमा क्रियाशील साधकहरूलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म सम्मानित र पुरस्कृत गर्ने जिम्मेवारी पनि यस प्राज्ञिक संस्थाले वहन गर्दै आएको छ ।

यिनै जिम्मेवारीहरूलाई पूरा गर्ने अभिभारासहित ऐन र नियमले निर्दिष्ट गरेको व्यवस्थाअनुसार प्रत्येक ४ वर्षका लागि कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद्का सदस्यहरू र प्राज्ञ सभाका सदस्यहरूको नियुक्ति/मनोनयन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षकज्यूको संयोजकत्वमा गठित २ जना विज्ञसहितको सिफारिस समितिको सिफारिसमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकज्यूबाट हुने व्यवस्था रहेको पनि विज्ञ समुदायलाई जानकारी नै छ । यसै सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका वर्तमान पदाधिकारीहरूमध्ये कुलपति र सदस्य सचिवको नियुक्ति तात्कालिक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक श्री रवीन्द्र अधिकारीज्यूको संयोजकत्वमा गठित समितिको सिफारिसमा तात्कालिक सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री केपी शर्मा ओलीज्यूद्वारा २०७५ असोज २१ गते भएको र उपकुलपति र प्राज्ञ परिषद्का सदस्यहरू तथा प्राज्ञ सभाका सदस्यहरूको नियुक्ति÷मनोनयन सोही समितिको सिफारिसमा २०७५ पुस १ गतेका दिन भएको पनि अवगत नै छ ।

उक्त नियुक्ति/मनोनयनअनुसार कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको चार वर्षको कार्यकाल  २०७९ असोज २० गतेसम्म रहेको र २०७९ असोज २१ गतेदेखि सकिने एवम् उपकुलपतिलगायत प्राज्ञ परिषद्का सदस्यहरू र प्राज्ञ सभाका सदस्यहरूको कार्यकाल २०७९ मङ्सिर मासान्तसम्म रहने र २०७९ पुस १ गतेदेखि सकिने बेहोरासमेत जानकारी गराउँदछौँ । यस ४ वर्षको कार्यकालमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को दुष्प्रभावजन्य प्रतिकूलताका अवस्थामा समेत नेपाल प्रज्ञा–प्रतिष्ठानको इतिहासका गौरवपूर्ण उपलब्धिहरूलाई संस्थागत गर्दै वर्तमान नेपालको सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक शासन प्रणालीअनुरूप नीति, योजना र कार्यक्रम तर्जुमासहित उल्लेखनीय प्राज्ञिक, प्रशासनिक÷व्यवस्थापकीय तथा भौतिक निर्माण÷सुधारसँग सम्बन्धित कार्यहरू गर्न सकिएको बेहोरा सम्बद्ध साधक तथा स्रष्टालगायत सबैमा जानकारी गराउन पाउँदा खुसी लागेको छ । यस अवधिमा सम्पादन गर्न सकिएका केही महत्वपूर्ण कार्यहरू निम्न लिखित छन् ।

प्राज्ञिक अनुसन्धान तथा प्रकाशन   

पत्रपत्रिका प्रकाशनतर्फ 

अन्तर्राष्ट्रिय सम्बन्ध, सांस्कृतिक आदान–प्रदान र अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठी

राष्ट्रिय स्तरका विभिन्न गोष्ठी, सम्मेलन र कार्यशाला

प्रशासनिक/व्यवस्थापकीय सुधार 

भौतिक विकास तथा निर्माणतर्फ

साहित्यिक पत्रिका सहयोग र राष्ट्रिय प्रतिभा उपचार सहयोग

प्रज्ञा–प्रतिष्ठानलाई प्रविधिमैत्री बनाउन गरिएका काम

लेखक/साहित्यकार परिचय–पत्र वितरण र विभिन्न प्रज्ञा पुरस्कारहरूको स्थापना 

अन्त्यमा

नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा आफ्नो विशिष्ट समय उपलब्ध गराई हामीलाई कृतार्थ तुल्याउनुहुने सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू एवम् सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूप्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक र प्रशासनिक/व्यवस्थापकीय अभिभारासहितको पदीय जिम्मेवारी प्रदान गर्ने तात्कालिक सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री केपी शर्मा ओलीज्यू तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सभा, वार्षिक उत्सव, भानुजयन्तीलगायतका कार्यक्रममा सशरीर समुपस्थितिसहित प्रज्ञा–प्रतिष्ठानलाई अपुग बजेट उपलब्ध गराएर सहयोग गर्नुहुने वर्तमान सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री शेरबहादुर देउवाज्यूप्रति पनि हामी आभार प्रकट गर्दछौँ ।

हामीलाई नियुक्ति/मनोनयनका लागि सिफारिस गर्ने तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रवीन्द्र अधिकारीज्यूप्रति हार्दिक श्रद्धाञ्जलिसहित कृतज्ञता जाहेर गर्दछौँ । २०७५ सालदेखि २०७९ को अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्नुभएका तात्कालिक र वर्तमान मन्त्रीज्यूहरूलगायत राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने माननीय सदस्य, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरू, महाशाखा प्रमुखज्यूहरूलगायत कर्मचारीहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व पदाधिकारीहरू, आजीवन सदस्यहरू, मानार्थ प्राज्ञ सदस्यहरू, विभिन्न सङ्घ/संस्थासँग सम्बद्ध लेखक साहित्यकारहरू, स्वतन्त्र लेखकहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका गतिविधिहरूलाई प्राथमिकताका साथ जनसमक्ष सम्प्रेषण गरी सहयोग गर्ने विभिन्न श्रव्य–दृश्य र छापा सञ्चार माध्यम एवम् तीसँग सम्बद्ध सञ्चारकर्मी मित्रहरू, नेपाल प्रज्ञा–प्रतिष्ठानका सबै तहका कर्मचारीहरू, सुरक्षाकर्मीहरूलगायत सम्पूर्णमा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् र प्राज्ञ सभाका तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।

कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको कार्यकाल सकिएकै मितिदेखि उपकुलपतिलगायत प्राज्ञ परिषद्का अन्य सदस्यहरू र सभाका सदस्यहरूको कार्यकाल नियमानुसार कायम रहने अवधि २०७९ मङ्सिर मासान्तसम्म अर्को नियुक्ति नभएको अवस्थामा निमित्त कुलपतिका रूपमा डा. जगमान गुरुङलाई र निमित्त सदस्य सचिवका रूपमा प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेललाई क्रमशः कुलपतिले र सदस्य सचिवले गर्ने सबै काम गर्ने गरी जिम्मेवारी प्राज्ञ परिषद्को बैठकबाट तोकिएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अधिकार प्रत्यायोजन सम्बन्धी पत्र समेत प्राप्त भइसकेको बेहोरा सम्बद्ध सबैमा जानकारी गराउँदछौँ । प्रज्ञा–प्रतिष्ठानलाई विगतमा जस्तै यहाँहरूबाट अनवरत सहयोग, सद्भाव र शुभेच्छा प्राप्त भइरहने अपेक्षासहित बिदा हुन्छौँ । 

(२०७९ असोज २० गते कुलपति गङ्गाप्रसाद उप्रेतीले र सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिको पूर्ण पाठ ।)