११ औँ गणतन्त्र दिवस : साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

११ औँ गणतन्त्र दिवस : साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएका कैदीलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो ।

गत भदौ १ देखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो ।

सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संसोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।