सहरी विकास मन्त्री चौधरीले निर्वाचन अवधि भरका लागि  सरकारी गाडी फिर्ता

सहरी विकास मन्त्री चौधरीले निर्वाचन अवधि भरका लागि  सरकारी गाडी फिर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २९, २०७९

दाङ।सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन । 

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।