यातायात कम्पनी दर्तामा ढिलाइ

यातायात कम्पनी दर्तामा ढिलाइ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं । एक साताको अवधिमा थोरैमात्र यातायात समिति कम्पनीमा दर्ता भएका छन् । जेठ १८ भित्र सबै समिति कम्पनीमा गइसक्नुपर्ने समयसीमा छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यातायात समितिलाई अनिवार्य कम्पनीमा जान ह्विप जारी गरेको एक हप्ताभन्दा बढी भएको छ । यो अवधिमा आधा दर्जन समितिमात्रै कम्पनीमा दर्ता भएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने कम्पनी रजिस्ट्रारको कार्यालयकै ढिलासुस्तीले दर्तामा ढिलाइ भएको बताउँछन् । सर्भरमा समस्या आएपछि दर्ता हुन गएका व्यवसायी अन्योलमा परेको उनले बताएको खबर नागरिक दैनिकमा छ ।