वर्ण पहिचानमा नयाँ पहल : केवरत भाषाको वर्ण पहिचान सम्पन्न

वर्ण पहिचानमा नयाँ पहल : केवरत भाषाको वर्ण पहिचान सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २९, २०७९

आज केवरत भाषाको वर्ण पहिचान कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो  ।

 केवरत भाषाका  वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले गरेका हुन् ।  तामाङले केवरत भाषा भारोपेली परिवारको रहेको बताउनु भएको छ  । वहाँले यो भाषा बङ्गाली समूहमा पर्नसक्ने बताउनु भएको छ  । तामाङले लघुत्तम युग्मका आधारमा भाषा वैज्ञानिक कोणबाट केवरत भाषाका वर्णहरूको पहिचान गर्नुभएको हो  ।  वहाँले केवरत भाषामा अ, आ, इ, उ, ए, ओ स्वर वर्णहरू तथा क, ख, ग, घ,ङ,च,छ, ज, झ, ट,ठ,ड,ढ, त,थ,द,ध,न, र, ल, व,स,ह व्यञ्जन वर्णहरू रहेको बताउनु भएको हो  ।

यस भाषामा दीर्घता नरहेको  निष्कर्ष निकालिएको छ  । उक्त कार्यक्रममा  उपप्रा.चतुर्भुज केवरत, केवरत भाषाका अभियन्ता रमेश केवरत, कम्प्युटर इञ्जिनियर अमनकुमार दास केवरत, श्रीमती विद्यादेवी केवरत, अजयकुमार दास केवरत, रुमन्थकुमार दास केवरत र सावन्तकुमार दास केवरतलगायतका केवरतभाषीहरूको सहभागिता रहेको थियो  । सो कार्यक्रम तामाङ राष्ट्रिय पुस्तकालय, तामाङ भवन, बौद्धमा सम्पन्न भएको केवरत अधिकारकर्मी अजयकुमार दास केवरतले बताए । 
 

चतुर्भुज केवरत