काठमाडौँ एक: 'पपुलर' मत विभाजित, पूर्व पत्रकारदेखि पूर्व प्रहरी कमान्डर बन्लान् प्रकाशमानलाई चुनौती ?

काठमाडौँ एक: 'पपुलर' मत विभाजित, पूर्व पत्रकारदेखि पूर्व प्रहरी कमान्डर बन्लान् प्रकाशमानलाई चुनौती ?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ३०, २०७९

आगामी मंसिर ४ गते हुने निर्वाचनमा देशको राजधानी काठमाडौंमा सबैको चासो छ । त्यसमाथि पनि चर्चित काठमाडौं–१ सबैको चासोको विषय हुने नै भयो । यो क्षेत्रमा गणेशमान पुत्र प्रकाशमान सिंहले लगातार चुनाव जितेर ह्याट्रिक गरिसकेका छन् । उनी लगातार चौथो जितका लागि चुनावी मैदानमा होमिएका छन् । काठमाडौं १ मा सबैभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये प्रमुख हुन्, प्रकाशमान सिंह, साझा पार्टीबाट राप्रपामा गएका रविन्द्र मिश्र, रमेश खरेल र राष्टिय स्वतन्त्र पार्टीका पुकार बम । 

सिंहले २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा काठमाडौं–१ मा रविन्द्र मिश्रलाई नै पराजित गरेका थिए । त्यसबेला उनी साझा पार्टीबाट तर्फबाट चुनावी मैदानमा उत्रेका थिए । प्रकाशमानले लगातार ह्याट्रिक गर्नुअघि भने तत्कालीन एमालेले ह्याट्रिक गरेको निर्वाचन क्षेत्र हो । निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा केही क्षेत्र तलमाथि भए पनि यो क्षेत्रबाट २०४८ पछिका निर्वाचनमा लगातार तीन पटक एमालेले र तीन पटक काँग्रेसले जितेका छन् ।

तीन पटक एमालेले जितेपछि काँग्रेसले खाँबो गाडेको यो क्षेत्रमा सिंहले पनि तीन पटक जितिसकेका छन् । त्यसैले यो पटक बाजी मारेर सिंह चौथोपटक निर्वाचन जित्ने नेता बन्छन् या फेरि अर्को विजेताको शृङ्खला सुरु हुन्छ भन्ने थाहा पाउन भने ४ मंसिरमा हुने निर्वाचनको परिणाम कुर्नु पर्ने हुन्छ । 

आम चुनाव २०४८ मा काठमाडौं–१ मा नेकपा एमालेबाट मदन भण्डारी, २०५१ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारी र २०५६ मा एमालेकै प्रदीप नेपाल विजयी भए । 

२०५१ मा अधिकारीको जित काठमाडौं–१ सँगै ३ बाट भएपछि उनले काठमाडौं–३ लाई रोजेर काठमाडौं–१ मा भएको उपचुनावमा एमालेकै नारायणप्रसाद ढकाल विजयी भएका थिए । 

तर, पहिलो संविधानसभा चुनावदेखि भने गणेशमान सिंहका पुत्रसमेत रहेका प्रकाशमान सिंहले यस क्षेत्रमा चुनाव जित्दै आएका छन् । यो क्षेत्रमा यसपटक सिंहसँगै राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रदेखि नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल र अभियन्ता पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनावी मैदानमा छन् । २० जेठमा उम्मेदवारी घोषणा गर्दै पुकार बम  त चुनावी अभियानमा लागिसकेका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह ‘बालेन’ लाई चुनाव जिताउने स्वतन्त्र समूहको समर्थन बमलाई छ । चर्चित दुईवटा सामाजिक अभियान ‘ईनफ् इज ईनफ्’, ‘अकुुपाई बालुुवाटार’ सँगै स्वास्थ्य क्षेत्र सुधारमा सङ्घर्षरत डा. गोविन्द केसीलाई समेत उनले सहयोग गर्दै आएका छन् । दलप्रति आक्रोश व्यक्त गर्नेहरुको भोट उनलाई जाने बताउँदा बताउँदै  पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनिरहेका छन् । 

मिश्र अघिल्लो निर्वाचनमा सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए । यसपटक भने उनको छवि पहिलेको जस्तो छैन । वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने भन्दै आएका उनी पञ्चायती पृष्ठभूमिको राप्रपामा पुगेका छन् । खरेल र बम पहिलो पटक निर्वाचन लड्न लागेका हुन् । उनीहरुसँग संगठित मत नभए पनि समर्थक र शुभचिन्तकहरु धेरै उनीहरुले दाबी  गरिरहेका छन् ।


उनै राष्ट्रिय स्वतन्त्र पार्टी  अभियन्ता बम, मिश्र, खनाल र सिंहबीच मुख्य रूपमा यसपटक चुनावी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।  प्रतिस्पर्धामा जित कसको हुन्छ भनेर भन्न सकिने अवस्था छैन । पाँच दलीय गठबन्धनको साथ रहेका कारण सिंहलाई चुनाव जित्न कठिन छैन । तर लोकप्रिय र स्वतन्त्र मत बाँडिँदा यसैले जित्छ भन्न सकिने अवस्था पनि छ । 

तीन पटकसम्म चुनाव जितेर उपप्रधानमन्त्रीसम्म हुँदा पनि जन अपेक्षित काम गर्न नसकेकोमा आलोचित छन् । उनको विकल्पमा मिश्र र प्रहरीमा हुँदा तस्करहरूलाई हायलकायल पारेर चर्चा कमाएका रमेश खरेल र बमलाई पनि हेरिएको छ । त्यसकारण मिश्र, खरेल र बम पनि बलिया दाबेदार हुन् । मिश्र अघिल्लो निर्वाचनमा सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए । यसपटक भने उनको छवि पहिलेको जस्तो छैन । वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने भन्दै आएका उनी पञ्चायती पृष्ठभूमिको राप्रपामा पुगेका छन् । खरेल र बम पहिलो पटक निर्वाचन लड्न लागेका हुन् । उनीहरुसँग संगठित मत नभए पनि समर्थक र शुभचिन्तकहरु धेरै उनीहरुले दाबी  गरिरहेका छन् । 

काठमाडौं महानगरको मेयर नै स्वतन्त्रबाट जितेकाले यो निर्वाचन क्षेत्रमा राजनीतिक ट्यागका लागेका भन्दा स्वतन्त्र उम्मेदवार आउने सम्भावनाको दाबी गर्नेहरु पनि प्रशस्तै छन् । 

काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ नम्बर वडा रहेको काठमाडौं १ मा सत्ता गठबन्धनको ११ हजार भन्दा बढी मत छ भने एमाले र राप्रपाको मत जोड्दा पनि सत्ता गठबन्धनको जति हुँदैन । 

काठमाडौंको १०, ११ र २९ नम्बर वडामा तुलनात्मक रूपमा कांग्रेस एमालेभन्दा धेरै बलियो छ । ३१ नम्बर वडामा भने कांग्रेस कमजोर देखिदै आएको छ । कांग्रेससँग नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा रहेका छन् । बिगतका मत परिणामलाई हेर्ने हो भने  गठबन्धनको कुल मत ११ हजार ९७ छ भने एमाले–राप्रपा गठबन्धनको मत १० हजार ९१७ मत छ । मत अन्तर १८० मात्रै देखिन्छ । राप्रपा र  एमालेको अलग अलग उम्मेदवार  भएका र बम तथा  खरेलले समेत मत विभाजन हुने हुँदा विगत गठबन्धनका सिंहको जित सुनिश्चित नै देखिए पनि स्थानीय चुनावको परिणामले ढुक्क हुने अवस्था भने छैन । त्यसैले पनि  सिंह, मिश्र, बम र खरेल बीच चर्को प्रतिस्पर्धा हुने अनुमान गर्ने गरिएको मात्र होइन  आगामी निर्वाचनमा काठमाडौं १ मा रोचक भिडन्तका रुपमा लिने गरिएकाे छ ।