राजु गुरुङको  उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

राजु गुरुङको  उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ३०, २०७९

काठमाडौँ । सर्वोच्च अदालतले रुपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेशमा भनिएको छ भने मुद्दामा आगामी कात्तिक २ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रुपेन्दही–२ मा निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गर्नुभएको थियो । गुरुङविरुद्ध बैंकिङ कसुरमा दोषी ठहर भएको उल्लेख गर्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले खारेज गर्ने निर्णय गरेको थियो