प्रहरी महानिरीक्षक : उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई  कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक : उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई  कदरपत्र तथा पुरस्कार वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।

 साथै उहाँले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा योगदान पुर्‍याएवापत प्रहरी नायव उपरीक्षक अनिल कुमार घिमिरेलाई पूर्ण शान्ति पुरस्कार र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी निरीक्षक दिपक थापालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अन्तर प्रदेश कार्य दक्षता मूल्याङ्कन (Police Baton)२०७९ अन्तर्गत आ(आफ्नो विधामा उत्कष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला, मधेश प्रदेश तालिम केन्द्र राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसी, नेपाल प्रहरी विशेष सुरक्षा गण रातमाटे मकवानपुरका प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक दिलिप घिमिरे, प्रहरी वृत्त महाराजगंजका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठ र प्रहरी चौकी चौघडा मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलाललाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर र प्रहरी नायव निरीक्षक मदन राज स्याङ्बो, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक नरेश शाही, उत्कृष्ट विपद् उद्दारका प्रहरी नायव निरीक्षक सूर्य सिंह थापा, सपोर्टिभ समूह (प्राविधिक)तर्फ प्रहरी उपरीक्षक पुस्कर राज भट्ट, प्रहरी निरीक्षक सर्मिला भट्ट, प्रहरी वरिष्ठ नायव निरीक्षक कृष्ण बानियाँ, प्रहरी नायव निरीक्षक मणी भुषण कुमार झा, प्रहरी नायव निरीक्षक कोपिला केसी, प्रहरी हवल्दार राम बहादुर गुरूङ, प्रहरी हवल्दार तुलाराज मुक्तान, प्रहरी हवल्दार बिश्णु सुवाल र प्रहरी कार्यालय सहयोगी बालकुमारी पुनलाई कदरपत्र एवम् पुरस्कार प्रदान गर्नुभयो । 

यसैगरी जोखिमपूर्ण कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट खेल प्रशिक्षक तथा खेलाडीतर्फ प्रहरी सहायक हवल्दार राकेश महर्जन, प्रहरी जवान कमला पुन, प्रहरी जवान चन्द्रकला लामगादे र नेपाल प्रहरी पुरूष क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी, उत्कृष्ट आन्तरिक तथा बाह्‍य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का र प्रहरी हवल्दार महेन्द्र खत्री क्षेत्री र उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक किरण तामाङलाई कदरपत्र एवम् पुरस्कार प्रदान गर्नुभयो । 

यसैगरी प्रहरी महानिरीक्षक सिंहले प्रहरी द्वैमासिक पत्रिकामा गत १ वर्षभित्र प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे र सर्वसाधारणतर्फ काठमाडौं चाबहिलका अच्युत प्रसाद पौडेल चिन्तनलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई निस्शुल्क जग्गा प्रदान गर्नुहुने १५ जना जग्गादाताहरु र नेपाल प्रहरी स्मारक गुठिका १२ जना  आजिवन सदस्यहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।   

यसैगरी नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याएबापत राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिंहदरवार, नेपाल टेलिकम केन्द्रीय कार्यालय, एनसिएल अक्षता लिमिटेडका प्रतिनिधिहरू, केल्ली स्पोर्टस प्रालिका मेनेजिङ डाईरेक्टर उत्तम न्यौपाने, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजका मेडिकल डाईरेक्टर डा।रोमन किदवाई, जनकपुर उपमहानगरपालिका(८ बाल्मिकिनगरका अमर चन्द्र अनिललाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले सम्माननीय राष्ट्रपति ज्यूबाट वि।सं। २०७७ र २०७८ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण ३७ जना, नेपाल प्रताप आभूषण २५ जना, नेपाल प्रताप भूषण २० जना, राष्ट्र सेवा पदक प्रथम श्रेणी १ जना र विरता पद २ जनालाई प्रदान गर्नुभयो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले पुरस्कृत हुनु विशुद्ध निष्ठा र कर्तव्यपरायणताको मूल्याङ्कन भएकोले आगामी दिनहरूमा अझै बढी लगनशील र कर्तव्य निष्ठ भई अनुकरणीय कार्यसम्पादन हुनुपर्ने बताउनुभयो । पुरस्कार प्रोत्साहन भएको र पुरस्कृत नहुँदैमा बिचलित हुन नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले संगठनको गरिमा उचो बनाउन व्यावसायिक निष्ठा प्रदर्शन गर्नुहुने अन्य उत्कृष्ट प्रहरी कर्मचारीहरूले कर्तव्यपालनामा तल्लीन र धैर्यता राखेमा भविष्यमा पुरस्कृत हुने अवसर पाउने बताउनुभयो । प्रहरीलाई शान्ति-सुरक्षा र सुव्यवस्था कायम गर्ने क्रममा विभिन्न विधामा सहयोग गरी समग्र संगठनलाई गुन लगाउनु भएका सहयोगीजनप्रति कृतज्ञता व्यक्त गर्दै ती सहयोगबाट नेपाल प्रहरीलाई आफ्नो लक्ष्य प्राप्ती गर्न ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो ।    प्रहरी महानिरीक्षक सिंहले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्नुहुँदै प्रहरी कर्मचारीमा भएको असल चरित्रहरूलाई अझ प्रगाढ बनाउन संगठन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो । 
    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।