प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारत प्रस्थान : सहकुल थापा कायममुकायम

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारत प्रस्थान : सहकुल थापा कायममुकायम

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म ९तदनुसार १८(२१ अक्टोबर २०२२०सम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
 National Central Bureau (NCB)    काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, प्रहरी निरीक्षक यम कुमार श्रेष्ठ समेत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ । उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो ।

१९५ इन्टरपोल सदस्य राष्ट्रका Head Of NCB तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुमा संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ । 

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।