गुल्मी क्षेत्र नम्बर २: बागी डा. भुसालको चुनौती हटेसँगै रामकुमारी झाँक्रीलाई सहज

गुल्मी क्षेत्र नम्बर २:  बागी डा. भुसालको चुनौती हटेसँगै रामकुमारी झाँक्रीलाई सहज

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १, २०७९

आगामी ४ मंसिरमा हुने निर्वाचनमा तालमेलको निर्णय गरेको सत्ता गठबन्धनका उम्मेदवार विरुद्धका बागीहरुले  फिर्ता (निष्कृय) हुने क्रम जारी छ । सोमबार गुल्मीमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादी की उम्मेदवार रामकुमारी झाँक्री विरुद्ध उम्मेदवारी दिएका डा.दामोदर भुसाल पछि हटेर झाँक्रीलाई सहयोग गर्ने घोषणा गरेका  छन् ।

काँग्रेस र माओवादी केन्द्रको समर्थनमा गुल्मी क्षेत्र नम्बर २ मा उम्मेदवारी बनेकी झाँक्रीका विरुद्ध भुसालले उम्मेदवारी दिएका थिए । उनले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर झाँक्रीलाई समर्थन गरेका हुन् । काँग्रेस गुल्मीका पूर्व क्षेत्रीय सभापति भुसाल लुम्बिनी प्रदेश योजना आयोगका सदस्य समेत थिए । यो क्षेत्रमा झाँक्रीसँग एमाले सचिव गोकर्ण बिष्टले प्रतिस्पर्धा गर्दैछन् ।

एमालेमा हुँदा बिष्ट र झाँक्री माधवकुमार नेपाल समूहमा एकै ठाउँमा थिए । तर एक वर्षअघि माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी बन्दा झाँक्री नयाँ पार्टीको अग्र मोर्चामा उभिएकी थिइन् भने बिष्ट १० बुँदे सहमतिको लेपन लगाएर एमालेमै बसेका थिए । अहिले तिनै बिष्ट र झाँक्री गुल्मी–२ बाट चुनावी प्रतिस्पर्धामा छन् । दुवै जना आ–आफ्ना पार्टीका सचिव हुन् । 

अघिल्लो निर्वाचनसम्म दुवै जना एउटै पार्टी र एउटै समूहमा रहेपनि पछिल्लो एक वर्षमा भने अलग अलग भएका दुई सचिव बीचको भिडन्त निकै रोचक हुने ठानिएको छ । २०६२/६३ को जनआन्दोलनका समयमा अग्र मोर्चामा खटिएकी र अनेरास्ववियूको अध्यक्ष समेत भएकी झाँक्री गत निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् र बिष्टलाई जिताउन लागेकी थिइन् ।

हालै एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र अध्यक्षसहित केही नेताहरु एमालेमै फर्किएका कारण झाँक्रीको भने केही मत घटेको एमालेले प्रचार गरि रहेको छ ।  तर त्यो भन्दा बिष्ट १० बुँदे पक्षधर रहेका कारण ओलीका कार्यकर्ताले बिष्टलाई भित्र भित्रै अस्वीकार गरिरहेको हुँदा पनि  रामकुमारीले लोकप्रिय मतका आधारमा समेत जित्ने अवस्था रहने  आंकलन गरिएको छ । 

अघिल्लो पटक दुवै जना प्रतिनिधिसभा सदस्य समेत भए । सचिव गोकर्ण बिष्ट गुल्मी क्षेत्र नम्बर २ प्रत्यक्ष तर्फबाट निर्वाचित भएका थिए भने झाँक्री समानुपातिक तर्फबाट  । तर यसपटक भने दुईमध्ये एक जना मात्रै सांसद बन्ने अवस्था बनेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा दुवै नेता सन्तुष्ट थिएनन् । झाँक्री ओलीको कदमको निरन्तर बिरोध र नयाँ पार्टी निर्माणमा पनि खटिइन् । तर बिष्ट भने सुरुमा ओलीको प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको विपक्षमा भए पनि अन्तिममा ओलीसँगै बस्ने नेतामा पर्दछन् । 

 हालसम्म बिष्टले चारमध्ये तीनवटा निर्वाचन जितेका छन् भने एक पटक पराजित भएका छन् । झाँक्री भने अघिल्लो पटक समानुपातिक प्रणालीबाट सांसद बनेकाले त्यो दुवै  जित र पराजितको अनुभव छैन । विष्ट एमालेमा लोकप्रिय नेता मानिन्छन् । तर १० बुँदे पक्षधर भएकाले उनी छायाँमा परेका मात्र होइन भूमिका बिहिन अवस्थामा रहेका छन् । 

 अबको निर्वाचनमा भने सत्ता गठबन्धनको साथ पाएर झाँक्रीले बाजी मार्ने हुन या बिष्टले भन्नु  हतारो हुन्छ । गुल्मी एमालेको प्रभावित जिल्लाका रुपमा प्रचारित  जिल्ला मानिन्छ । बहुदल स्थापनापछिका सबै निर्वाचनमा त्यहाँ कम्युनिस्ट उम्मेदवार विजयी हुँदै आएका छन् । यसपटक भने सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी विभाजित भएको, दुवै गठबन्धनका कारण बलियो भनिएका एमाले उम्मेदवार बिष्टको  जित सहज छैन । 

 गत स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने झाँक्री जित्ने सम्भावना कमजोर देखिन्छ । एमालेले गुल्मी–२ भरीमा ३१ हजार २५३ मत ल्याउँदा नेपाली कांग्रेसले २९ हजार ८२१, माओवादी केन्द्रले १ हजार ८४१ र एकीकृत समाजवादीको ६५८ मत आएको देखिन्छ । यो तथ्यांकलाई हेर्दा झाँक्रीले चुनाव जित्ने सम्भावना कमजोर देखिन्छ । तर गुल्मीको जल्दो बल्दो युवा भएको, पहिलो पटक परीक्षणमा जान लागेको र लोकप्रिय युवा उम्मेदवार पनि भएका कारण उनलाई कम आँक्न नहुने एमालेहरूले नै बताउने गरेका छन् । ती एमाले नेताहरुका अनुसार व्यक्तिगत 'पपुलर' मत झाँक्रीसँग रहेको र त्यो सबै एमाले कै भोट भएको हुँदा गठबन्धन कायम रहेको खण्डमा जित काे सम्भावनालाई नकार्न सकिदैन ।

सत्ता गठबन्धन दल एक हुँदा ३२ हजार ३२० मत,एमालेको ३१ हजार २५३ मत देखिन्छ । गठबन्धनको सबै मत बटुलिने हो भने एमाले भन्दा एक हजार ६७ मतले अग्रता देखिन्छ। तर झाँक्रीलाई गठबन्धन मतको सुरक्षा गर्ने र एमालेको केही हजार मत प्रभावित गर्ने हो भने जित हत पार्ने निश्चित छ। गुल्मीमा पार्टी विभाजनको मतियार भएर अन्तमा एक था सांसद प्राप्तिका लागि मात्र एमालेमा  बसेका भनि धेरै आलोचन भइरहेको र गोकर्ण बिष्ट पटक पटक ‘टेष्ट’ भइसकेकाले नयाँ पत्र खोजी र महिला उम्मेदवार भएका कारण पनि झाँक्री बलियो उम्मेदवार ठानिएको छ ।

गठबन्धन हुँदा मात्रै झाँक्री बलियो उम्मेदवार मानिएको छ । तर बिष्ट भने आफ्नै मतका आधारमा पनि बलियो रहेको दाबी गरि रहेकाे छन् । थोरै ढुलमुल मत मिसाउने हो भने बिष्टलाई चुनाव जित्न गाह्रो छैन् ।  तर हालै एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र अध्यक्षसहित केही नेताहरु एमालेमै फर्किएका कारण झाँक्रीको भने केही मत घटेको एमालेले प्रचार गरि रहेको छ ।  तर त्यो भन्दा बिष्ट १० बुँदे पक्षधर रहेका कारण ओलीका कार्यकर्ताले बिष्टलाई भित्र भित्रै अस्वीकार गरिरहेको हुँदा पनि  रामकुमारीले लोकप्रिय मतका आधारमा समेत जित्ने अवस्था रहने  आंकलन गरिएको छ । 

उता चितवनमा पनि नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटी चितवन क्षेत्र नम्बर १ मा  विश्व पौडेललाई सहयोग गर्ने पक्षमा उभिएका छन् । उनी पछिल्ला दुई निर्वाचनमा पराजित भएका थिए । यसपटक सो क्षेत्रबाट कांग्रेसले योजना आयोगका उपाध्यक्ष रहेका विश्व पौडेललाई उम्मेदवार बनायो । सोमबार दिउँसो १ बजे विश्व पौडेल सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुसँग छलफल गरे पछि उम्मेदवारी निष्क्रिय पारेका छन् । यसबाट सत्ता गठबन्धनलाई चितवन १ मा राहत भएको छ । किनकी बुर्लाकोटी कायम रहँदा ८ देखि ९ हजार मत कटाउने देखिएपछि पौडेललाई जित्न कठिन थियो । यो क्षेत्रमा राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका गरी क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ मतदाता छन् । यो क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिन्छ । 

एमालेले खैरहनी र रत्ननगर नगरपालिकामा उपमेयर जितेको छ भने तीन स्थानीय तहबाट एमालेका वडाध्यक्षहरूले ३९ हजार ६०६ र गठबन्धनमा रहेका दलका वडाध्यक्षको मत ४६ हजार ५७७ मत ल्याएका छन् । 

राप्तीका १३ मध्ये एमाले एक्लैले ८ वडा जितेको छ । खैरहनी नगरपालिका १६ वडामध्ये एमालेले ७ वडा जितेको छ । रत्ननगर नगरपालिकाका १६ वटा वडामध्ये कांग्रेसले ९, एमालेले ५, एक स्वतन्त्र र एक माओवादी केन्द्रले जितेका छन् । त्यसैले चुनावी अंक गणितमा पनि पौडेललाई सहज देखिन्छ ।