वडाअध्यक्षको काममा सांसदको मरिहत्ते

वडाअध्यक्षको काममा सांसदको मरिहत्ते

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं । संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटको धेरै पाटोमध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय आम चासो बनेको छ ।

आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ लिइरहेका सांसदहरुले यो वजेटमा अझ बढाएर रकम पाउनुपर्ने माग गरिरहेका छन् ।

सांसदलाई वितरण गरिएको यसअघिको रकमको सही सदुपयोग नभएको गुनासो आइरहेका बेला स्थानीय निकायका जनप्रतिनिधिले समेत नीतिनियम बनाउने सांसदलाई विकास बजेट दिन नहुने बताएका छन् ।

आवश्यकताअनुसार स्थानीय तहलाई नै विकास बजेट बढाउनुपर्ने भन्दै ती जनप्रतिनिधिले वडाअध्यक्षले गर्ने काम गर्न विधायक किन मरिहत्ते गर्छन् भनी अचम्म पनि मानेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।