पाँचथर बाम लोकतान्त्रिक गठबन्धन : काठमाडौँमा ३ सय एक सदस्यीय निर्वाचन परिचालन समिति

पाँचथर बाम लोकतान्त्रिक गठबन्धन : काठमाडौँमा ३ सय एक सदस्यीय निर्वाचन परिचालन समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १, २०७९

काठमाडौँ । गठबन्धन आवद्द दलहरू नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र ) र नेकपा (एकीकृत समाजवादी ) का पाँचथर-काठमाडौं सम्पर्क संयन्त्रहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।

सोमबार भएको भेलाले नेपाली कांग्रेसका सम्पर्क समितिका सचिव लक्ष्मीनारायण तिम्सिना संयोजक रहेको ३ सय एक सदस्यीय संयुक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन मूल समिति गठन भएको छ । समितिको सह संयोजकमा नेकपा एकीकृत समाजवादी पाँचथर काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष गंगाप्रसाद रिजाल तथा नेकपा (माओबादी केन्द्र)का सम्पर्क समन्वय समितिका अध्यक्ष भक्त पयाङ्गु रहनु भएको छ ।  भेलाले  विभिन्न समितिहरु समेत गठन गरेको छ ।

गठबन्धनमा आवद्ध दलहरुका सम्पर्क समिति तथा सम्पर्क मञ्चहरुको  काठमाडौंको पेरिसडाँडाको होटल पेरिस प्लाजामा स्थापित सम्पर्क कार्यालयमा बसेको संयुक्त बैठक तथा भेलाद्वारा उक्त समिति गठन गरेको हो । 

कार्यक्रम नेपाली कांग्रेस सम्पर्क समितिका अध्यक्ष निर्मल रिजालको अध्यक्षता तथा नेकपा (माओबादी केन्द्र)का १ नं. प्रदेश सम्पर्क समितिका उपाध्यक्ष एवं पूर्व संविधानसभा सदस्य ध्रुव आङ्गदेम्वेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भेलामा गठबन्धन आवद्द दलका नेताहरुले सम्बोधन गर्नु भएको थियो भने दलका सम्पर्क मञ्च तथा समितिका तर्फबाट एक ढिक्का भएर आपसी समझदारी र दरिलो एकताका साथ निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन काठमाडौंमा रहेका शक्ति परिचालित गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।

गठबन्धनमा रहेका सम्पर्क मञ्चका पदाधिकारी‚ सदस्य‚ सल्लाहकार सहित जिल्लाबाट आएर अन्य भातृ संगठनमा क्रियाशील कार्यकर्ता एवं स्वतन्त्र बुद्धिजीवी र शुभचिन्तकहरु समेतलाई समेटेर मूल समिति  गठन गरिएको प्रचार(प्रसार समितिका सदस्य लेखनाथ शिकारुले जानकारी दिनु भएको छ ।

यसैगरी सो मूल समिति अन्तगर्त देवीप्रसाद काफ्ले‚ शान्ता बाँस्कोटा‚ अमृता योङ्गहाङ्ग‚ गजेन्द्रराज आङ्गदेम्वे‚ हरि दहाल‚ बिष्णु सुब्बा आङ्गदेम्वे‚ शेरबहादुर तुम्वापो‚ सुमन अधिकारी डिल्लिमाया थोक्लिहाङ्ग‚ देवेन्द्रकुमार सम्वाहाङ्गफे‚ महेन्द्र निरौला‚ ईश्वरीराज भट्टराई‚ सन्तकुमार लामा‚ एम.के.तिवारी र छवि अधिकारी रहेको १५ सदस्यीय आर्थिक समिति‚ पुष्कर दाहाल‚ टिकाध्वज आङ्गदेम्वे‚ भवानी निरौला‚ सूर्य प्रकाश चेम्जोङ्ग‚ कमल तिम्सिना‚ अमृत योङ्गहाङ्ग लक्ष्मीनारायण तिम्सिना‚ अर्जुन रिजाल‚ सुजन राई‚ सुमन अधिकारी‚ प्रियकुमार नेम्वाङ्ग‚ देवीमाया थापा‚ हेमराज दहाल‚ इन्द्र सुहाङ्ग‚ कल्पना राई‚ कृष्ण वनेम फागो‚ बिक्रम भट्टराई‚ महेश पौडेल र रमेश पौडेल रहेको मतदाता तथा यातायात ब्यवस्थापन समिति‚ बिन्देश्वर खनाल‚ तुलसी बास्कोटा ‚ देवेन्द्र सम्वाहाङ्गफे‚ सुमन अधिकारी‚ लेखनाथ  शिकारु‚ बासुदेव अधिकारी‚ देवीप्रसाद रिजाल‚ जि. के. पोखरेल‚ बिक्रम भट्टराई‚ देशु सुहाङ्ग‚ पुनम फागो‚ संगीता सुहाङ्ग‚ कौशिला गुरुङ्ग‚ उमेश गौतम‚ गौमाया लिम्वु रहेको प्रचार प्रसार समिति गठन गरिएको संयोजक लक्ष्मीनारायण तिम्सिनाले जानकारी दिनु भएको छ ।

यसैगरी भेलाले मचिन्द्र कुगेनाम्वा‚ निर्मलकुमार रिजाल‚ सूर्यकुमार दाहाल‚ डा. रामकृष्ण खतिवडा‚ ध्रुव आङ्गदेम्वे‚ लैन बहादुर थापा‚ बिष्णु सुब्बा आङ्गदेम्वे‚ खेम लावती‚ भक्तिमान सुब्बा सम्वाहाङ्गफे‚ केशर अधिकारी‚ बेनु प्रकाश कार्की‚ गंगावीर राई र बेद लावती सहित सबै दलका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु रहेको सल्लाहकार समिति पनि गठन गरिएको सहसंयोजक गंगाप्रसाद रिजाल जानकारी दिनु भएको छ ।

समितिले जिल्ला स्तरीय संयन्त्र र उम्मेदवारहरुसँगको नियमित सम्पर्क र समन्वय रही समितिहरुको तत्काल बैठक बसि कामलाई अघि बढाउने र आगामी शुक्रबार २।३० बजे पुन अर्को बैठक बस्ने र नेपाली कांग्रेसका नेता सूर्यकुमार दाहालले होटल पेरिस प्लाजाको सभा हल निर्वाचन घोषणा नभएसम्मका लागि कार्यालयको रुपमा उपलब्ध गराउनु भएकोले सोही स्थानमा सम्पर्क कार्यालय स्थापना भइसकेको जानकारी प्रचार प्रसार समितिका बिन्देश्वर खनालले जानकारी दिनु भएको छ ।