काभ्रेपलान्चोक क्षेत्र नं २ : एमाले अध्यक्ष ओलीका विश्वासपात्र गोकुल बास्कोटाको अवरोधन

काभ्रेपलान्चोक क्षेत्र नं २ : एमाले अध्यक्ष ओलीका विश्वासपात्र गोकुल बास्कोटाको अवरोधन

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २, २०७९

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रोचक भिडन्त हुने अपेक्षा गरिएको मध्ये एउटा क्षेत्र हो, काभ्रेपलाञ्चोक क्षेत्र नं २ । यो क्षेत्रमा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट पुरानै प्रतिद्वन्द्वी शिवप्रसाद हुमागाई चुनावी मैदानमा उतारेको छ । 

सञ्चारमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड रुपैयाँ घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका बास्कोटा फेरि चुनावी मैदानमा उत्रिएका हुन् । विपक्षीलाई कडा शब्दमा घोचपेच गर्ने कडा स्वभावका लागि उनी परिचित नेताको  पहिचान बनाएका छन् । 

२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका मधु आचार्यलाई फराकिलो अन्तरले पराजित गरेर विजयी भएका बास्कोटाले ५४ हजार ४२७ मत ल्याएर विजयी भएका थिए ।  

स्थानीय तहको परिणामका आधारमा को बलियो ? 

काभ्रे–२ मा ३ वटा पालिकाको पूर्ण क्षेत्र र २ पालिकाको भने केही वडा पर्दछन् । क्षेत्र नं २ अन्तर्गत पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका, बेथानचोक गाउँपालिकाको पूर्ण क्षेत्र रहेको छ भने पनौती नगरपालिकाको १, २, ३, ११ र १२ नम्बर वडा र धुलिखेल गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ७ वटा वडा पर्दछन् । 

क्षेत्र नं २ मा एकल रुपमा हेर्दा एमालेबाट वडाध्यक्ष जित्नेहरूको मत बढी देखिन्छ ।२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर २ मा एमालेबाट जितेका वडाध्यक्षहरुको कुल मत ४५ हजार ५ सय १४ रहेको छ भने, नेपाली कांग्रेसले  पनि एमालेको हाराहारीमा आएको छ । कांग्रेसले ४६ हजार ६०७ मत प्राप्त गरेको थियो।

एकीकृत समाजवादीले ८ हजार ६ सय ७६ मत ल्याएको छ भने माओवादी केन्द्रबाट  उम्मेदवार बनेका वडाध्यक्षहरुको कुल मत ६ हजार ३ सय ७० रहेको छ । त्यसैले गठबन्धनका पार्टीले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने गोकुल बास्कोटा खतराको जोनमा छन् । त्यस्तै, समग्र पालिकाको अवस्था हेर्ने हो भने पनि नेपाली कांग्रेसका उम्मेदवारको वर्चश्व देखिन्छ । 

चार महिनाअघि भएको स्थानीय चुनावको परिणामलाई आधार मान्ने हो भने जो कोही आए पनि चुनाव जित्छु भन्ने पूर्वमन्त्री बाँस्कोटाले भनेजस्तो जो कोही आएपनि जित्न सहज भने छैन । उनको चुनाव क्षेत्रमा एमालेभन्दा कांग्रेस शक्तिशाली देखिन्छ । काँग्रेस सहित ५ दलीय गठबन्धनमा पनि भएकाले पनि भोट हासिल गर्न सहज देखिदैन । 

सो क्षेत्र अन्तर्गत पर्ने पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको उम्मेदवारले जित हासिल गरेका छन् । त्यस्तै बास्कोटाको गृहनगर मण्डनदेउपुर नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले जित निकालेका थिए  ।

त्यसैगरी, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार निर्वाचित भएका छन् छन् भने पनौती नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपमेयरमा भने एमाले विजयी भएको छ । 

यता धुलिखेल नगरपालिकाको मेयरमा भने एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । भने उपमेयरमा कांग्रेसले जित हासिल गरेको छ । यसरी समग्र स्थानीय तह निर्वाचनको परिणामको मूल्यांकन गर्दा क्षेत्र नं २ मा गठबन्धनको दबदबा नै  देखिन्छ अर्थात् एमाले नेता गोकुल बास्कोटालाई जित निकाल्न सहज छैन्  । 

चार महिनाअघि भएको स्थानीय चुनावको परिणामलाई आधार मान्ने हो भने जो कोही आए पनि चुनाव जित्छु भन्ने पूर्वमन्त्री बाँस्कोटाले भनेजस्तो जो कोही आएपनि जित्न सहज भने छैन । उनको चुनाव क्षेत्रमा एमालेभन्दा कांग्रेस शक्तिशाली देखिन्छ । काँग्रेस सहित ५ दलीय गठबन्धनमा पनि भएकाले पनि भोट हासिल गर्न सहज देखिदैन । 

काभ्रे क्षेत्र नम्बर २ मा कांग्रेस नेतृत्वको गठबन्धनको ६३ हजार ३७५ मत देखिन्छ भने एमाले र राप्रपाको जोड्दा ४७ हजार १७४ मत छ । यसरी हेर्दा काँग्रेस नेतृत्वको गठबन्धन एमालेको गठबन्धनभन्दा १६ हजार २०१ मतले अगाडि देखिन्छ । 

स्थानीय निर्वाचनको परिणाम अनुसार पूर्वमन्त्री बास्कोटालाई चुनाव जित्न सहज छैन् । एमालेको गठबन्धनभन्दा १६ हजार २०१ मतले अगाडि हुनु, बाँस्कोटा गणतन्त्र र सङ्घीयता  विरुद्धमा उभिनु , भ्रष्टाचार प्रकरणमा मुुछिनुु , पार्टी विभाजन हुनु , २०७४ मा गठबन्धनमा रहेको माओवादी यस पटक नहुनु आदी कारणले चुनाव जित्न कठिन देखिएको छ ।