बाँके क्षेत्र नं.३: किशोर राठौर सम्भावना र आशाका केन्द्रीय सेतु

बाँके क्षेत्र नं.३: किशोर राठौर सम्भावना र आशाका केन्द्रीय सेतु

सन्तोष के.सी.  |  समाचार  |  कार्तिक २, २०७९

बाँके । प्रजातन्त्र सेनानी हरि ढुंगानाले एक दिन किशोर राठौर तर्फ इंगित गर्दै भने–‘हामी यहाँबाट सांसद बनाएर उहाँ मन्त्री भएको हेर्न चाहन्छौं ।’  यस क्षेत्रको विकासमा मन्त्री बन्ने स्तरका नेताको खाँचो पनि छ । उनि त्यति मा रोकिएनन्–‘किशोर जी प्रचुर सम्भावना बोकेका नेता हुन, कुनै दिन पार्टी नेतृत्वमा समेत पुग्ने सम्भावना उत्तिकै छ ।’

भन्ने पनि गरिन्छ ‘राजनीति सम्भावनाको खेल हो ।’ त्यही सम्भावनालाई साकार रुप दिन बाँके क्षेत्र नं.३ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले उनलाई संघको उम्मेदवार 
बनायो । पछिल्लो सम्भावना र आशाका केन्द्रिय सेतुका रुपमा बाँकेमा सह–महामन्त्री राठौरको उम्मेदवारीलाई हेर्न थालिएको छ ।

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका बाँके क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार राठौर केन्द्रिय सदस्य हुँदै यतिबेला नेपाली कांग्रेसको सह–महामन्त्री सम्म पुगेका छन् । राठौर समानुपातिक प्रणालीबाट संघीय संसदमा सांसदको जिम्मेवारी  पुरा गरिसकेका नेता हुन । 

सल्यान जिल्लामा  जन्मिएर काठमाडौंमा शिक्षा हाँसिल गरेका राठौर नेपालगन्जका स्थायी बासिन्दा  हुन । नेपालगन्जको फुलटेक्रामा उनको पुख्र्यौली घर रहेको छ ।

बाँके कुनैबेला स्व. सुशील कोइरालालाई नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री सहितको नेतृत्व पाएको जिल्ला पनि हो । उच्च तहको राजनीतिक नेतृत्व पाएको जिल्लामा राठौरको उपस्थिति र निरन्तरताले यहाँका जनता फेरी उत्साहित हुन थालेका छन् ।

राठौर मार्फत र केन्द्रसँग जिल्लाको सेतुको भूमिका निर्वाह गर्ने सक्ने अपेक्षा बाँके कांग्रेसको छ । जिल्ला सह सचिव विनोद थारु भन्छन्–‘हामी निरन्तर केन्द्रसँग जोडिएको जिल्लावासी हौं, बीचमा ठुलो कमी रह्यो  अब यो कमी फेरी पुरा हुँदैछ । ’

उनको उम्मेद्वारी क्षेत्र नं. ३ मा छ । यहाँका युवाहरु राठौरसँग आशा र भरोसा रहेको बताउँछन् । विवेक प्रताप मल्ल त्यस्तै युवा मध्येका एक हुन । खजुरा निवासी मल्ल भन्छन–‘यत्तिको नेतृत्व पाउनु हाम्रा लागि गर्वको विषय हो ।’ 

नेपाली कांग्रेसको केन्द्रिय राजनीतिमा उनको भूमिकाको चर्चा सँधै हुने गर्छ । यतिबेला देशका प्रधानमन्त्री शेरबहादुर देउवाका सारथी झैं हरेक अप्ठ्यारा परिस्थितिमा रक्षा कवच बनेर  राठौर उभिने गरेका छन् ।  पार्टी सभापति देउवा उनलाई सहज र असहज दुवै परिस्थितिमा केही न केही संगठनको जिम्मेवारी दिने र साथ लिंदै आएका छन् ।

नेवि संघमा रहँदै उनले देश भरी आफ्नो दर्बिलो प्रभाव छाडेका थिए राठौरले । राठौर जनताको जिवन यापनमा विकासले टेवा पुगोस भन्ने चाहना राख्ने नेता हुन । उनि भन्छन् - राजनीतिमा सेवा भाव हुनु पर्छ, त्याग,निष्ठा र समर्पण हुनुपर्छ राजनीति देश र जनताका लागि हो । 

पार्टीमा त्याग,समर्पण र निष्ठाको राजनीति हुनुपर्छ भन्ने मान्यता राखेर राजनीति शुरु गर्दा आफुले केही पाउने आशा नगरेको राठौर स्वयं बताउँछन । तर पार्टी र जनताले आफु प्रति सँधै अपेक्षा सहित जिम्मेवारी दिएको स्मरण गर्छन  पार्टी, कार्यकर्ता र जनताले दिएको जिम्मेवारी निभाउनु आफ्नो कर्तब्य ठान्छन् राठौर ।  संगठनमा अनुशासन र नेतामा सेवा भाव हुनुपर्छ भन्ने राजनीतिको मूल मर्म हो उनको बुझाईमा ।

नेपाली कांग्रेसको केन्द्रिय राजनीतिमा उनको भूमिकाको चर्चा सँधै हुने गर्छ । यतिबेला देशका प्रधानमन्त्री शेरबहादुर देउवाका सारथी झैं हरेक अप्ठ्यारा परिस्थितिमा रक्षा कवच बनेर  राठौर उभिने गरेका छन् ।  पार्टी सभापति देउवा उनलाई सहज र असहज दुवै परिस्थितिमा केही न केही संगठनको जिम्मेवारी दिने र साथ लिंदै आएका छन् । 

यो पटकको चुनावमा पार्टीका सह महामन्त्रीको उम्मेदवारीका कारण पनि बाँके एक पटक फेरी ‘हट केक’  का रुपमा लिन थालिएको  छ ।