उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २, २०७९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाट स्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । 

मेगा बैंक प्रमुख सूचना अधिकारी  तुल्सीराम पोखरेलले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्से स्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिइएको छ । 

एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।