जितपुर सिमराका राजन दाहालले डिशहोम लक्कि ड्र मा जिते एक लाख नगद

जितपुर सिमराका राजन दाहालले डिशहोम लक्कि ड्र मा  जिते एक लाख नगद

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २, २०७९

डिशहोममा १ वर्षको रिचार्ज गर्दा  जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६   महान्द्रनगर,  सखुवाघाटका राजन दाहालले जिते नगद एक लाख ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद  एक लाख जित्ने अवसर पाउनुहुनेछ ।
यसै क्रममा जितपुर सिमरा उप(महानगरपालिका वार्ड नं-१६   महान्द्रनगर,  सखुवाघाटका  निवासी राजन दाहालले रु एक लाख जित्नुभएको छ । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडा को डिलर अन्तरगत रहेको बारा, सखुवाघाटका सह-बितरक गीता इन्टरप्राइजेजका  डिलर दाई राजेश थापा मगरको मा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो । 

डिशहोमको तर्फ वाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे  ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठ  बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता दाहाललाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ ।