नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण

नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ४, २०७९

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्री मार्फत व्यंग्यसहितको कार्टुन प्रकासित भएको थियो ।
काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको छ ।

पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकुल कार्टुन के कसरी सम्प्रेषण भएको हो रु यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन रु २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।

पत्र बिहीवारै पठाइएको काउन्सिलले जानकारी दियो ।