शान्ति समाजको साहित्य आराधन अभियान : स्रष्टाहरू सम्मानित

शान्ति समाजको साहित्य आराधन अभियान : स्रष्टाहरू सम्मानित

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक ५, २०७९

मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरू कार्तिक ४ गते काठमाण्डौ, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरि  प्रदान गरिएको छ ।

 महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको सन्ध्यामा काठमाण्डौमा आयोजित कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान– गोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान– गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ (काठमाण्डौ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान– त्रिभुवनचन्द्र वाग्ले ,(तनहुँ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशीकला मानन्धर (काठमाडौँ), भुमीप्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुंगा), जनककुमारी रेग्मी स्रष्टा सौगात– गंगा कर्माचार्य पौडेल (स्याङ्जा), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ) लाई प्रदान गरिएको हो ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान/पुरस्कार प्रा।डा।नारायणप्रसाद खनाल (बागलुङ) हाल नेपाल बाहिर रहनु भएकोले उहाँका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज सिवाकोटी, शान्ति समाजका सभापति गोविन्द खनाल, संस्थापक महासचिव सुवास ढकाल, स्रष्टाहरू अशेष मल्ल, श्रवण मुकारुङ, अर्जुन पराजुली, प्रमोद प्रधान, नन्दकृष्ण जोशी, विना थिङ तामाङले पुरस्कृत स्रष्टाहरुलाई सम्मानपत्रसहित पुरस्कार (२० हजार राशी) प्रदान गर्नुभएको थियो । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति सम्बन्धमा विद्यावारिधि गर्नुभएका शान्ति समाजका पूर्व सभापति डा. गंगाधर अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यक योगदान सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने स्रष्टा रत्ननिधी रेग्मी र मेनका पोख्रेलले महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्दा कविता वाचन गर्नुभएको थियो । यसैगरी कवि अर्जुन पराजुलीले समसामयिक विषयमा केन्द्रीत रही कविता प्रस्तुत गर्नुभएको थियो । समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति कृष्णबहादुर रावल, पूर्व उपसभापति रेनुका पौडेल र महासचिव रामकृष्ण बरालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी शान्ति समाजद्वारा विराटनगरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान– सीमा आभास ९ओखलढुंगा० र श्रीनारायण दाहाल स्रष्टा सौगात– मनमाया विश्वकर्मा ९भोजपुर०लाई प्रदान गर्नुभएको थियो । शान्ति समाज मोरङ शाखा सभापति भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्रष्टाहरु विवश पोख्रेल, खेम नेपाली, विश्वनाथ रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा पद्यप्रसाद दाहाल स्रष्टा सौगात– अशोक थारु ९दाङ० र जोगमाया बराल स्रष्टा सौगात– हेमन्ती जोशी ९डोटी०,लाई नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र दाङका कार्यकारी निर्देशक प्रा.डा. सुधन कुमार पौडेलले प्रदान गर्नुभएको थियो । दाङ शाखा उपसभापति कोमल डिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति शुशिल बस्नेत, डिल्लीराज धिताल, निर्मल नेपाली लगायत वक्ताहरुले मन्तव्य  व्यक्त गर्नुभएको थियो ।
शान्ति समाजद्वारा स्रष्टाहरूलाई पुरस्कृत/सम्मानित गर्दा कम्तिमा आधा महिला स्रष्टा हुनुपर्ने (७ जना), प्रत्येक प्रदेशबाट एक जना हुर्नेप र्ने (सात प्रदेशबाट ७ जना), अनिवार्य प्रावधान रहेको छ भने विभिन्न भाषामा योगदान गर्ने स्रष्टाहरुलाई पुरस्कृत गर्ने नीति रहेको छ । यस क्रममा यस वर्ष नेपाली भाषाका साथै संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, वाम्वुले राई र मगर भाषाको प्रवर्द्धनमा  उल्लेखनीय योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

प्रत्येक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्तीको सेरोफेरोमा पुरस्कार अर्पण कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ ।