'मोटर्स स्पोर्टस गेम' मा  नेपाली टिमले पहिलो पटक सहभागिता जनाउँदै

'मोटर्स स्पोर्टस गेम' मा  नेपाली टिमले पहिलो पटक सहभागिता जनाउँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक ६, २०७९

मोटर स्पोर्टसको अन्तराष्ट्रिय महासंघ फेडेरेशन  अटो मोवाइलस्द्वारा फ्रान्सको मार्सेली सहरमा आयोजना हुने 'मोटर्स स्पोर्टस गेम' मा  नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ ।  

अनिल बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालोको तर्फ बाट सो प्रतियोगितामा क्रमशः अटो स्लालम र बरिष्ठ स्प्रिन्ट कार्टिंग विधामा सहभागी हुदैछन ।  यही अक्टुबर २६ बाट ३१ सम्म हुने सो वोल्र्ड इभेन्टमा १७  भन्दा बढी बिधामा ९डिसिप्लेन० समावेश गरिएको छ भने विश्व भरीका देशका ड्राइभर्स (एथलेट) सहभागी हुदैछन ।  

संसारमै अत्यन्तै लोकप्रिय भनीएको मोटर्सस्पोर्टस नेपालमा भने ढेड दशक आगडिबाट संस्थागत शुरुवात भएको हो ।  विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तराष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा झन्डै झण्डै ओलम्पीक फम्यार्टमा भने केहि वर्ष आगाडी मात्र मोटर स्पोर्ट्स गेमस्को शुरुवात भएको हो ।  अन्य प्रतियोगितामा गाडी को व्राण्डीङ्ग , कोर्पोरेट सहभागिता ड्राइभर्स र टिमको व्राण्डीङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको व्राण्डीङ्ग तथा राष्ट्रिय टिम र खेलाडी को सहभागिता मुख आधार ।

सहभागी ३ जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिम खाना तथा कार्ट्समा सहभागिता जनाएको रेकर्ड छ । यदुराज लामिछाने र सृजना बराल  अफिसियल रहेको नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन , भ्त्रगष्ऊभलत’क तथा हवाई भाडा र त्यसको ब्अअयmयमबतष्यल को लागि अनुमानित २२ लाख लाग्ने छ ।