एमाले उम्मेदवार एकराज कार्कीको हर्कत: एघार वर्ष बिना पारिश्रमिक काम,माग्दा हिरासतको बास !(भिडियोसहित)

एमाले उम्मेदवार एकराज कार्कीको हर्कत: एघार वर्ष बिना पारिश्रमिक काम,माग्दा हिरासतको बास !(भिडियोसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १२, २०७९

झापा । झापा जिल्ला क्षेत्र नं २ अन्तर्गत प्रदेश (क) का एमाले उमेदवार एकराज कार्कीले आफू अध्यक्ष रहेको खानेपानी उपभोक्ता समितिमा कार्यरत एकजना कर्मचारीले तलब माग्दा प्रहरी कार्यालयमा थुनाइए काे गुनासो गरेका  छन् । 

कार्की यस अघि सोही प्रदेशबाट निर्वाचित प्रदेश सांसद हुन् । सांसदले कुनै पनि उपभोक्ता समितिमा बस्न नपाउने भएपनि खानेपानी लगायत अरु थुप्रै समितिमा रहेका कार्कीले आफ्नै मतदाता रहेका तेज मणि (कमल) खरेल नाम गरेका प्राविधिक कर्मचारीले तलब माग्दा इलाका  प्रहरी कार्यालय बिर्तामोडमा थुनाएको हो ।

खरेल सो खानेपानी संस्था स्थापना हुँदा देखि नै कार्यरत रहेका थिए । विगत ११ वर्षदेखि बिना हिसाब काम गरिरहेका खरेलले तलब माग्दा प्रदेश संसद पदका उमेदवार एकराज कार्कीले आफुलाई एक रात थुनाएको बताएका छन्  । उनले भने, मैले स्थापनाकालदेखि नै यहाँ काम गरिरहेको छु तर आजसम्म तलब पाएको छैन । र, पछिल्लोपटक एउटा भेलामा मैले मेरो गुनासो राख्दा र तलब माग्दा उल्टै थुनाइयो । 

आफुलाई बिर्तामोडका डिएसपीलाई भनेर  यसले धेरै बकबक गर्यो । चुनाव भरी थुन्नु होला भनेर प्रहरीलाई जिम्मा लगाएको उनले बताए । एक भिडिओ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै खरेलले सो कुरा बाहिर ल्याएपछि तरङ्ग पैदा भएको छ । उनले खानेपानीको बजेट र अरु हिसाबकिताबमा पनि कार्कीले तलमाथि गरेको समेत आरोप लगाएका छन् । 

तलब माग्दा प्रहरी कार्यालयमा थुनाइए काे गुनासोको भिडियो यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ