जुवाको खालबाटै ३८ जनाको हिरासतमा बास

जुवाको खालबाटै ३८ जनाको हिरासतमा बास

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १४, २०७९

काठमाडौं ।  ललितपुर, ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रूपैयाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडी सहित पक्राउ गरेको हो ।

  मकवानपुर, हेटौंडा उपमहानगरपालिक-६ चौघडा बस्ने ध्रुर्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ८ सय २० रूपैयाँ र १७ थान कौडा सहित पक्राउ गरेको हो । 
    सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ महुली बजार बस्ने सिताराम मेहताको घरमा जुवातास खेलिरहेको अवस्थामा कंचनरुप नगरपालिका-१२ बस्ने ३६ वर्षीय दिपक भट्टराई लगायत १४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार २ सय ८५ रूपैयाँ  र तास १२ बुक सहित पक्राउ गरेको हो ।