अब सार्वजनिक स्थलमा धूमपान पूर्ण निषेध

अब सार्वजनिक स्थलमा धूमपान पूर्ण निषेध

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा पूर्ण रूपमा धुम्रपान निषेध गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त घोषणा गरेको हो । यसअघि सरकारले ऐनमार्फत् सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने नीति लागू गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।

सामाजिक जागरण अभियान चलाएर यसलाई जसरी पनि कार्यान्वयन गरिछाड्ने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले अहिले बजेट भाषण गरिरहेका छन् ।