नेकपा एमालेको 'मेक इन नेपाल' र 'ट्वान्टी ग्यारेन्टी' मा प्रतिबद्धता (घोषणा पत्रको पूर्ण पाठसहित)

नेकपा एमालेको 'मेक इन नेपाल' र 'ट्वान्टी ग्यारेन्टी' मा प्रतिबद्धता (घोषणा पत्रको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १६, २०७९

काठमाडौँ । नेकपा एमालेले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौँ स्थित होटल याक एण्ड यतीमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्दै उक्त  प्रतिबद्धता जनाएका हुन् । 

 नेकपा एमालेको घोषणा पत्रमा   पाँच बर्षमा २० काम गर्ने ग्यारेण्टी गर्दै यसका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने प्रतिबद्धतामा उल्लेख छ । 

‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ’, घोषणापत्रमा भनिएको छ ।

नेकपा एमालेद्वारा जारी गरेको घोषणा पत्रको पूर्णपाठ