‘मैले जति काम गर्न सक्ने नेता यो क्षेत्रमा अरु दलबाट कोही छैनन्’

‘मैले जति काम गर्न सक्ने नेता यो क्षेत्रमा अरु दलबाट कोही छैनन्’

सन्तोष के.सी.  |  समाचार  |  कार्तिक १६, २०७९

बाँके ।  वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार तथा सह महामन्त्री  किशोर सिंह राठौर  बाँके क्षेत्र नं. ३ का जनताले आफुलाई भावी मन्त्री र  क्षेत्रको विकासका लागि मतदान गर्न आतुर रहेको बताएका छन् । 

काठमाडौंमा बसेर राजनीतिको डोरी समातेका राठौर पूख्यौली थलो बाँके र बर्दियालाई आफ्नो  कर्म क्षेत्रका रुपमा रोजेर राजनीति गरि रहेका छन्  ।यतिबेला बाँके क्षेत्र नं.३ बाट प्रतिनिधि सभाका लागी वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार छन् राठौर । सिद्धान्ततः राजनीतिक दलहरु अघि बढ्नुपर्छ भन्ने राठौरको मान्यता छ । विधिको शासन नभए देशको विकास हुन नसक्ने विश्वास आफ्नो  रहेको उनि सार्वजनिक रुपमा भन्छन् ।

राजनीतिक दल र तिनका नेताहरुमा निष्ठा र सेवा भाव खट्किएकाले त्यसको पूर्तिका लागी आफु राजनीतिमा निरन्तर लागी रहेको समेत राठौरले बताउँदै जनताका समस्यालाई सम्बोधन गरेर मात्रै विकासको मार्गमा अघि बढ्न सकिने बताउँछन् ।

 बाँके क्षेत्र नं. ३ मा चुनाव प्रचार प्रसारमा रहेका राठौर यो क्षेत्रको विकासका लागी प्रतिबद्ध जनाएका छन् । त्यति मात्रै नभई संसदमा यो क्षेत्रका समस्याका लागी आवाज उठाउन तयार रहेको बताउँदै आईरहेका छन् ।

विद्यार्थी फाँटबाट मुल पार्टीको केन्द्रिय राजनीतिमा पुगेका छन् किशोर सिंह राठौर । नेपालको राजनीतिक वृत्तमा युवा अवस्थामै केन्द्रिय नेतृत्वमा चुनिँदै पुगेका राठौर सह महामन्त्री चुनिँदा सम्म परिपक्व राजनीति नेतृत्वमा आफू स्थापित भइरहेको बताएका छन् । 

राजनीतिक दल र तिनका नेताहरुमा निष्ठा र सेवा भाव खट्किएकाले त्यसको पूर्तिका लागी आफु राजनीतिमा निरन्तर लागि रहेको बताउने राठौर जनताका समस्यालाई सम्बोधन गरेर मात्रै विकासको मार्गमा अघि बढ्न सकिने राठौरको बिश्वास रहेको छ । 

बाँकेको क्षेत्र नं. ३ बाट उम्मेद्वार हुनु अघि राठौर नेपाली कांग्रेस क्षेत्र नं. ३ को कार्यसमितिबाट सिफारिस गरेको थियो ।  त्यसका लागी उनले स्व‍. सुशील कोइरालाको निधन भए पछि बाँकेमा संगठन निर्माण र विकास निर्माण लागि केन्द्रीय पहुँचको नेताको खाजेको हुँदा आफू उम्मेदवार भएको समेत बताएका छन् । नेपाली कांग्रेसका सह-महामन्त्री राठौर यस अघि समानुपातिक तर्फबाट प्रतिनिधि सभाको सदस्य थिए । 

यतिबेला भने केन्द्रको राजनीतिमा बलियो पकड बनाएका राठौर लाई बाँके क्षेत्र नं. ३ मा भावी मन्त्रीका रुपमा हेर्न र चर्चा गर्न थालिएको छ । राठौर पनि त्यसका लागी आफुलाई बाँकेका जनताको साथ र  मत मागिरहेका छन् ।

चुनाव प्रचार प्रसारमा उच्च आत्म मनोबलका साथ राठौर भन्छन–‘मैले जति काम गर्न सक्ने नेता यो क्षेत्रमा अरु दलबाट कोही छैनन् ।’  राजनीतिमा उच्च मनोबलका साथ झुट नबोल्ने कुरा पनि उनको चुनावी मुद्दा बनिरहेको छ ।