वृद्धभत्ता एक हजार रूपैयाँ बढ्यो

वृद्धभत्ता एक हजार रूपैयाँ बढ्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं । सरकारले वृद्धभत्तामा एक हजार रुपैयाँ वृद्धि गरेको छ ।

संसद्मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्धभत्ता रकममा एक हजार रूपैयाँ बढाएको घोषणा गरे । यससँगै वृद्धभत्ता रकम तीन हजार रूपैयाँ पुगेको छ ।

सरकारले दलित, अपांग र पिछडिएका व्यक्तिलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्तामा एक हजार रूपैयाँ थप गरिएको उनले बताए ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाखसम्मको बिमा

अर्थमन्त्री खतिवडाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाखसम्मको बिमा गरिने बताए ।