गरिमा विकास बैंक :  १४.५० प्रतिशत लाभांश लाभांश वितरण गर्ने निर्णय

गरिमा विकास बैंक :  १४.५० प्रतिशत लाभांश लाभांश वितरण गर्ने निर्णय

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २५, २०७९

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई ४.५० प्रतिशतले हुन आउने रकम लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकका अनुसार  नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ईजाजत पत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडको मिति २०७९ कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनी हरुलाई हाल कायम चुक्ता पूँजी रु. ४,५९,०८,७३,५०१।८९ (अक्षरेपी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र) को १३.०० प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९,६८,१३,५५५।२५ (अक्षरेपी उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस मात्र) र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) रु. ६,८८,६३,१०२।५३ (अक्षरेपी छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्न मात्र) गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६,५६,७६,६५७।७८ (अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर मात्र) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने समेत जनाइएको  छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्व कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।