कुमारी बैंक लिमिटेड र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता

कुमारी बैंक लिमिटेड र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २५, २०७९

कुमारी बैंक लिमिटेड र  काठमाडौँ वडा न १०, टोखा स्थित 'द हिमालयन गृल बाइ बाजेको' (The Himalayan Grill by Bajeko) बीच आफ्ना ग्राहक वर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा QR  मार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकले दिएको जानकारी अनुसार द हिमालयन गृल बाइ बाजेको को तर्फबाट संचालक श्री मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख श्री अन्जना मिश्रले हस्ताक्षार गर्नुभएको छ । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा QR प्रयोगकर्ताहरुले The Himalayan Grill by Bajeko  को टोखा आउट लेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।