प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव प्राज्ञ पौडेलद्वारा गौहाटीमा अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन

प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव प्राज्ञ पौडेलद्वारा गौहाटीमा अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक २६, २०७९

काठमाडौँ । गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले नोभेम्बर ६ र ७ तदनुसार कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया) निर्माणका लागि मार्गचित्र तय गर्न आयोजित  दुई दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा।डा। हेमनाथ पौडेलले प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

गौहाटी विश्वविद्यालयका विभागीय सदस्य डा। खगेन शर्मा संयोजक  तथा डा‍. सृजना शर्मा र प्रा. देवेन शर्मा सहसंयोजक रहनुभएको उक्त सङ्गोष्ठीमा नेपालका साथै भारतका विभिन्न प्रान्तबाट उपस्थित भएका विभिन्न विंश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्रतिनिधिहरू, भाषाविद्हरू तथा भाषासम्बन्धी आइटी विज्ञहरूको उपस्थिति रहेको  थियो ।

उक्त सङ्गोष्ठीको समुद्घाटनका अवसरमा प्रमुख अतिथि पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली शब्दकोश ९२०१९०, नेपाली बृहत् शब्दकोश ९२०४०० र प्रज्ञा नेपाली बृहत् शब्दकोश ९२०७९० सम्म आइपुग्दा शब्दकोश निर्माणका क्षेत्रमा  उल्लेखनीय प्रगति गरेको र विश्वकोश निर्माणका सम्बन्धमा पनि प्रतिष्ठानले ‘नेपाल लघु विश्वकोश’ ९२०६७० निर्माण गरी यस कार्यको थालनी गरेको  तथा  विश्वकोशकै रूपमा ‘नेपाल दर्पण’ ग्रन्थका सात भाग निर्माण गर्ने कार्यलाई अगाडि बढाएको र लगभग १२ सय पृष्ठको ‘नेपाल दर्पण’ ९मदेस प्रदेश० ग्रन्थको निर्माण भइसकेको जानकारी गराउँदै नेपालमा शब्दकोश निर्माणमा व्यक्तिगत प्रयासहरू पनि भएका र हाल गौहाटी विश्वविद्यालयले यस किसिमको सङ्गोष्ठीको आयोजना गरेर भारतमा संस्थागत रूपमा शब्दकोश र विश्वकोश निर्माण गर्ने कामको थालनी गरेकोमा आयोजकहरूलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा प्रमुख अतिथि पौडेलले यो श्रमसाध्य विषय र अत्यन्त ठुलो आयोजना भएको हुँदा यसमा ठुलै धनराशी र समय लाग्ने कुरा उल्लेख गर्दै गौहाटी विश्वविद्यालयले थालनी गरेको यस कार्यमा बौद्धिक, प्राज्ञिक सहयोग गर्न नेपाल प्रज्ञा–प्रतिष्ठान तयार रहेको पनि बताउनुभयो । सो अवसरमा प्राज्ञ पौडेलले  'प्रज्ञा नेपाली बृहत् शब्दकोश'  विश्वविद्यालयलाई हस्तान्तरण गर्नुभयो । उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा प्रा।डा।माधवप्रसाद पोखरेल, प्रा।डा।गोविन्दराज भट्टराई, सिक्किम एकेडेमीका अध्यक्ष एस् आर् सुब्बा, दार्जिलिङ नेपाली एकेडेमीका अध्यक्ष डा।गोकुल सिन्हा र नेपाली प्रकाशन असमका अध्यक्ष  डी.बी क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा एवं साहित्य अध्ययन विभागकी प्रमुख एवं असमी भाषाकी प्रसिद्ध उपन्यासकार प्रा।डा।अनुराधा शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त उद्घाटन सत्रको सहजीकरण सङ्गोष्ठीका संयोजक डा।खगेन शर्माले गर्नुभएको थियो । सङ्गोष्ठीमा नेपालबाट गएका विषय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट आउनुभएका विज्ञहरूले अध्यक्षता र टिप्पणी गर्नुभएको थियो । यस क्रममा ‘शब्दकोशका प्रकार र निर्माण’का बारेमा प्रा।डा।माधव पोखरेलले, ‘विश्वकोश निर्माणको मार्गचित्र’का बारेमा प्रा.डा.गोविन्दराज भट्टराईले, ‘विश्वकोशको इतिहास र नेपालमा भएका प्रयासहरू’ का बारेमा प्रा.डा.हेमनाथ पौडेलले, ‘नेपाली शब्दकोश निर्माणमा प्रविधिको प्रयोग’ का बारेमा प्रा।डा।बलराम प्रसाईँले तथा ‘नेपाली शब्दकोशको इतिहास र निर्माणका समस्या’ का बारेमा डा।यज्ञेश्वर निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र सत्रहरूको सभापतित्व र टिप्पणी क्रमशः रुद्र पौड्याल र डा. पर्शुराम पौड्याल, डा। गोकुल सिन्हा र डा. दशरथ खरेल, प्रा. प्रतापचन्द्र प्रधान र प्रा। देवेन सापकोटा, प्रा.डा. दिवाकर प्रधान र डा. नरेशचन्द्र खत्री, प्रा। कृष्णराज घतानी र प्रा. पुष्प शर्माले गर्नुभएको थियो । उक्त कार्यपत्रहरूमाथि सामूहिक छलफलपछि  मार्गचित्र निर्माण गरी गोष्ठीको समापन भएको थियो । गोष्ठीमा डा।खगेन शर्माद्वारा लिखित दुई पुस्तकको लोकार्पण पनि गरिएको थियो । 
सङ्गोष्ठीमा नेपाली भाषा र साहित्यको विकासका निम्ति डा। गोकुल सिन्हाको अध्यक्षतामा भारतभरिका प्रतिनिधिलाई समेट‍र २१ सदस्यीय  नेपाली भाषा राष्ट्रिय विकास परिषद्को गठन समेत भएको छ ।