धनयोगा फाउन्डेसनद्वारा निःशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरको आयोजना

धनयोगा फाउन्डेसनद्वारा निःशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरको आयोजना

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक २८, २०७९

 काठमाडौँ । विश्व मधुमेह दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकास्थित रिमा सेवा समाजमा धनयोगा फाउन्डेसन, नेपालले दि इटर्नल फाउन्डेसन, चाहना केयर र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सोमबार निशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरका साथै भोजन वितरण कार्यक्रम सञ्चालन गरेको छ । 

शिविरमा उक्त समाजमा आश्रित ३० जना बृद्धबृद्धा तथा फरक क्षमताका व्यक्तिहरूको मधुमेहसम्बन्धी परीक्षण गरिएको थियो । शिविरमा बाल दम तथा एलर्जी विशेषज्ञ डा. महेशकुमार गौतम, चाहना केयरका डा. रूप नारायण शाह, प्रसूती गृहकी डा. इबिजा तिवारी लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । 

बूढानीलकण्ठ नगरपालिकाकी उपाध्यक्ष अनिता लामाको आतिथ्यतामा सम्पन्न उक्त शिविर तथा भोजन वितरण कार्यक्रममा धनयोगा फाउन्डेसन, दि इटर्नल फाउन्डेसन, चाहना केयर, रिमा सेवा समाज तथा बूढानीलकण्ठ नगरपालिका, जनस्वास्थ्य शाखाका पदाधिकारीहरूको उपस्थिति थियो ।