पुस्तान्तरण र 'नो नट अगेन'को नारा बाबजुत ‘ग्रिन जोन’ मै पूर्वप्रधानमन्त्रीहरू

पुस्तान्तरण र 'नो नट अगेन'को नारा बाबजुत ‘ग्रिन जोन’ मै पूर्वप्रधानमन्त्रीहरू

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १, २०७९

नेपाली राजनीतिमा जबर्जस्त पुस्तान्तरणको आवाज उठिरहेको छ । नेपालमा हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेले पनि देशको आर्थिक, राजनीतिक, सामाजिक पुनः संरचनामा अहिलेका राजनीतिक दलहरु प्राय असफल भएको  आरोप सहन बाध्य छन् । 

यसैको परिणामस्वरुप हरेक पटक व्यवस्था बदलिए पनि अवस्था बदलिन नसक्दा आम जनता र युवा वर्गमा राजनीति, राजनीतिक दल तथा नेताहरूप्रति वितृष्णा जागेको छ । यसैको परिणामस्वरुप गत स्थानीय तह निर्वाचनदेखि नै जनताले असन्तुष्टिको भोट खसाएका छन् र कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पटक पटक चुनाव जितेर देशको नेतृत्व गर्ने ठाउँमा पुर्‍याउँदा पनि जनताका आकांक्षा सम्बोधन हुन नसकेपछि यतिबेला ‘नो नट अगेन’ अभियान नै चलेको छ । 

‘नो नट अगेन’ अभियानमा पटक पटक मतदान गरेका नेताहरु विरुद्ध मत हाल्ने वा यस्ता नेतालाई फेरि जिताउन नहुने आवाज छ । तर यसरी अभियान नै चले पनि सबैजसो शीर्ष नेताले फेरि निर्वाचन जित्ने देखिएको छ र उनीहरु ‘ग्रिन जोन’ मा छन् । त्यसैले ‘नो नट अगेन’ अभियानका बाबजुद उम्मेदवार बनेका सबै पूर्वप्रधानमन्त्रीहरू  ‘ग्रिन जोन’ मै रहेका र उनीहरुलाई चुनाव हराउन कठिन देखिन्छ । 

पूर्वप्रधानमन्त्री केपी ओली पनि झापा–५ मा चुनाव जित्नेमा ढुक्क छन् । यो क्षेत्रका दुई बलिया शक्ति एमाले र राप्रपाबीच चुनावी तालमेल भएका कारण ओली ढुक्क देखिएका हुन् । सत्ता गठबन्धनको प्रभाव रोकेर चुनाव जित्न ओलीले झापा–३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेर आफ्नो क्षेत्रमा राप्रपाको साथ लिएका छन् । त्यसैले ओली पनि यसपटक पराजित हुने सम्भावना न्यून छ । 

डडेल्धुराबाट उम्मेवार रहेका काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा त्यहाँबाट २०४८ देखि लगातार विजयी हुँदै आएका छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा समेत फराकिलो मतान्तरले विजयी भएका देउवा यसपटक पनि अगाडि छन् । यसपटक देउवालाई चुनाव हराउन एमालेले काँग्रेस बीपीका कर्ण मल्ललाई सहयोग गरेको छ । तर ३० वैशाखमा भएको निर्वाचनमा एमाले र काँग्रेस बीपी मिले पनि काँग्रेसलाई हराउन सकेका थिएनन् ।

स्थानीय चुनावमा डडेल्धुरामा काँग्रेसले २१ हजार ७३५, माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, नेकपा एकीकृत समाजवादीले ५ हजार ४१, राप्रपाले ७१४ र जनता समाजवादी पार्टीले १५६ मत पाएका थिए । यस आधारमा हेर्ने हो भने देउवाको पक्षमा ३९ हजार ६५४ मत देखिन्छ । त्यसैले एमाले, काँग्रेस बीपीसहितका दल एक ठाउँमा उभिए पनि देउवालाई हराउन सम्भव देखिदैन । 

पूर्वप्रधानमन्त्री केपी ओली पनि झापा–५ मा चुनाव जित्नेमा ढुक्क छन् । यो क्षेत्रका दुई बलिया शक्ति एमाले र राप्रपाबीच चुनावी तालमेल भएका कारण ओली ढुक्क देखिएका हुन् । सत्ता गठबन्धनको प्रभाव रोकेर चुनाव जित्न ओलीले झापा–३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गरेर आफ्नो क्षेत्रमा राप्रपाको साथ लिएका छन् । त्यसैले ओली पनि यसपटक पराजित हुने सम्भावना न्यून छ । 

अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल २०६४ पछिका चुनावमा अलग अलग ठाउँबाट विजयी बन्दै आएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट विजयी भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट विजयी भए । २०७४ को संसदीय निर्वाचनमा उनी चितवन–३ बाट विजयी भएका थिए । यसपटक उनी गोरखा–२ बाट उम्मेदवार छन् । उनीसँग हालैमात्र एमाले प्रवेश गरेका अब्दुस मियाँ चुनावी प्रतिस्पर्धामा छन् । गोरखा–२ मा माओवादी र काँग्रेस दुई प्रमुख शक्ति हुन् र एमाले निकै कम मतसहित तेस्रो स्थानमा छ । त्यसैले काँग्रेस र माओवादीका गठबन्धन रहेको गोरखामा प्रचण्ड सुरक्षित देखिन्छन् । 

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यसपटक गृहजिल्ला रौतहटबाट चुनावी मैदानमा छन् । उनी यसअघि पटक पटक रौतहट र काठमाडौंबाट चुनाव जितेका नेता हुन् । रौतहटमा नेपाल उम्मेदवार रहेको क्षेत्रमा सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी हो । सबै दल एकल रुपमा प्रतिस्पर्धा गरेको अवस्थामा पनि उनी त्यहाँ सुरक्षित थिए । उनलाई काँग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको समेत समर्थन रहेका कारण उनी सुरक्षित देखिन्छन् । 

अर्का पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलामबाट उम्मेदवार छन् । इलामबाट लगातार निर्वाचित हुँदै आएका खनाल यसपटक सत्ता गठबन्धनको बलियो साथका कारण अगाडि छन् । गठबन्धनको मत खनालको पक्षमा खसेको अवस्थामा उनी इलाममा सुरक्षित छन् । खनालसँग उनकै पुराना कार्यकर्ता महेश बस्नेत चुनावी मैदानमा छन् । खनाल राष्ट्रिय राजनीतिमा नै प्रभावशाली नेता रहेका कारण उनले गठबन्धनका साथै एमालेको मत समेत तान्न सक्नेछन् । यस्तो अवस्थामा उनी इलामबाट फेरि निर्वाचित भएर आउने सम्भावना प्रबल छ ।