मास्टर एण्ड मिस एपेक्स २०२२ :  हेङ्काङ राई र समन्ता ढुङ्गाना प्रथम

मास्टर एण्ड मिस एपेक्स २०२२ :  हेङ्काङ राई र समन्ता ढुङ्गाना प्रथम

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १, २०७९

काठमाडौँ ।  एपेक्स लाइफ स्कुलको आयोजनामा मास्टर एण्ड मिस एपेक्स कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सफल भएको छ । 

परिवर्तन इभेन्ट हाउसको सहयोगमा आयोजना गरिएको यस कार्यक्रममा ८३ जना विद्यार्थीहरू भाइबहिनीहरू सहभागी भएका थिए । उक्त कार्यक्रममा नेपाली चलचित्र तथा सङ्गीत जगत्का दिग्गज व्यक्तिहरूको उपस्थिति रहेको थियो । यस अवसरमा हाल निकै चर्चामा रहेको महापुरुष चलचित्रका कलाकारहरू, हाँस्य कलाकार राजाराम पौडेल लगायत विशिष्ट कलाकारहरूको उपस्थिति रहेको थियो ।

उक्त प्रतिस्पर्धाका निर्णायक को भूमिकामा कलाकार सन्तोष, रोमा अधिकारीले जिम्मेवारी बहन गर्नु भएको थियो । यस कार्यक्रममा थुप्रै कलाकारहरुको प्रस्तुतीले रोचक बनेको थियो । विद्यार्थीहरूमा रहेका प्रतिभालाई प्रस्फुटन गर्ने र उनीहरू भित्र रहेको असीमित क्षमतालाई उजागर गर्ने प्रमुख उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । मास्टर एण्ड मिस एपेक्सलाई तीन तहमा विभाजन गरिएको थियो ।

जसमा  मिनी क्याटेगोरीमा छात्रतर्फ प्रथम हेङ्काङ राई, द्वितीय प्रज्ञान राजभण्डारी, तृतीय प्रसिद्ध पन्त, छात्रातर्फ प्रथम समन्ता ढुङ्गाना, द्वितीय जेनिका कोइराला, तृतीय समाइरा सिंह बस्नेत, जुनियर क्याटेगोरीमा छात्रतर्फ प्रथम आमोघ अधिकारी, द्वितीय नेल्शन अधिकारी, तृतीय संयोग घिमिरे,  छात्रातर्फ प्रथम समरा तिमल्सिना, द्वितीय कुञ्जिका बस्नेत, तृतीय मेलिसा ज्ञवाली,  सिनियर क्याटेगोरी अन्तर्गत छात्रतर्फ प्रथम रौनक श्रेष्ठ, द्वितीय अनन्य शर्मा, तृतीय अभिलेष थापा, छात्रातर्फ प्रथम एन्जिला निरौला, द्वितीय रेशुना श्रेष्ठ, तृतीय सम्पदा ओली विजेता बने ।

यस कार्यक्रमको स्वागत मन्तव्य कक्षा १० मा अध्ययनरत छात्रा कनिस्का खतिवडा गरेकी थिइन् । यस कार्यक्रमको सभापति प्रधानाध्यापक प्रभात क्षेत्रीले गर्नुभएको थियो । आफ्नो महत्वपूर्ण भनाइ राख्दै हाम्रो विद्यालयले विगत लामो समयदेखि यस्ता किसिमका अतिरिक्त कार्यक्रम गर्दै आएको र अझै यस्ता क्रियाकलापले विद्यार्थीहरुको आत्मविश्वास बढोस् भन्ने अद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

यस एपेक्स लाइफ स्कुल देशकै उत्कृष्ट विद्यालयमा पर्ने भएकोले विद्यार्थीको चौतर्फी विकास र विभिन्न रचनात्मक कार्यक्रमवाट विद्यार्थीहरुको सिकाई संग जाडिनु पर्छ भन्ने उद्देश्यका साथ विद्यालयले विद्यार्थीहरुको लागि यस्ता थुप्रै रचनात्मक कार्यक्रमहरु निरन्तर गर्दै आएको कुरा विद्यालयका संस्थापक निर्देशक सुवास न्यौपानेले बताउनु भयो ।