राहुल गान्धीको ‘भारत जोडो यात्रा’ अभियानमा नेपाली राष्ट्रिय गान ! (भिडियो सहित)

राहुल गान्धीको ‘भारत जोडो यात्रा’ अभियानमा नेपाली राष्ट्रिय गान ! (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २, २०७९

भारतीय काँग्रेस सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीसँग नराम्ररी पराजित भयो । त्यसपछि काँग्रेसको ओरालो यात्रामा अझै पूर्णविराम लागेको छैन । २०१९ को लोकसभा निर्वाचनमा पनि कांग्रेसले हार व्यहोर्न बाध्य भयो  र अझै केही वर्ष केन्द्रीय सत्तामा हुनेछैन । त्यसो त हाल भारतका दुई राज्य राजस्थान र छत्तीस गढमा मात्रै कांग्रेसको सरकार छ । देशव्यापी रुपमा काँग्रेसको खस्कँदो अवस्था उकास्न काँग्रेसले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । 

यसै क्रममा राहुल गान्धी यतिबेला 'भारत जोडो' अभियानमा छन् । यही भारत जोडो अभियानका क्रममा एक राजनीतिक भेलाका नेपाली राष्ट्रिय गान बजेपछि राहुल विपक्षीको आलोचना र व्यङ्ग्यको सिकार बनेका छन् । भारतको प्रमुख विपक्षी दल समेत रहेको रहेको काँग्रेसका पूर्वअध्यक्ष समेत रहेका गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनी सत्तारुढ भारतीय जनता पार्टीको निशानामा परेका हुन् । राष्ट्रिय गानको विषयमा यतिबेला भाजपाका नेताहरुले राहुलको चर्को आलोचना गरिरहेका छन् ।

यो घटनाले राहुल गान्धी आफैं पनि संकटमा परेका छन् । कार्यक्रममा नेपाली राष्ट्रिय गीत बज्न पुगेको विषयमा काँग्रेस नेताहरुले भने केही टिप्पणी गरेका छैनन् । भारतीय काँग्रेस पछिल्लो समयमा पार्टीको छवि सुधार्ने र पार्टीलाई फेरि पनि देशको नेतृत्व गर्ने स्थापनमा पुर्‍याउन लागिपरेको छ । यसै क्रममा झण्डै साढे २ दशकपछि काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरका व्यक्ति चयन भएका छन् । 

राहुलले सत्तारुढ भारतीय जनता पार्टीका नीतिको विरोध र काँग्रेसको जनमत बढाउने उद्देश्यले आयोजना गरेको ‘भारत जोडो यात्रा’ अभियानमा विभिन्न क्षेत्रमा पुगेर जनतालाई सम्बोधन गरिरहेका छन् । सोही क्रममा बुधबार महाराष्ट्र राज्यमा भएको भेलामा भारतीय राष्ट्रिय गानको साटो नेपाली राष्ट्रिय गान बज्न पुगेको थियो । सामाजिक सञ्जालमा भाइरल बनेर फैलिएको भिडिओमा गान्धीले पार्टीको कार्यक्रममा मञ्चबाट भारतको राष्ट्र गीत बजाउन अनुरोध गरेको देखिन्छ । राहुलले भनेपछि उनका सहयोगीले गीत बजाउँछन् । तर त्यसबेला नेपालको राष्ट्रिय गीत ‘सयौं थुंगा फूलका हामी......’ बज्न पुग्छ । सुरुको धुन र पहिलो लाइन बजिसकेपछि राहुल गान्धी अलमल्ल पर्छन् र सहयोगीलाई गीत फेर्न इशारा गर्छन् । त्यसपछि बल्ल बज्छ– ‘जन, गण, मन....’ ।

सो भिडियो यतिबेला सामाजिक सञ्चालमा फैलिइरहेको छ । यो घटनापछि भारतीय जनता पार्टीका नेताहरुले गान्धीको चर्को आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा विरोध गर्नेहरुले महाराष्ट्रमा भएको कार्यक्रममा कसरी भारतीय राष्ट्रिय गीतको साटो छिमेकी देशको बजाउन कसरी ठिक्क पारेर राखियो भन्दै प्रश्न उठाएका छन् ।

यो घटनाले राहुल गान्धी आफैं पनि संकटमा परेका छन् । कार्यक्रममा नेपाली राष्ट्रिय गीत बज्न पुगेको विषयमा काँग्रेस नेताहरुले भने केही टिप्पणी गरेका छैनन् । भारतीय काँग्रेस पछिल्लो समयमा पार्टीको छवि सुधार्ने र पार्टीलाई फेरि पनि देशको नेतृत्व गर्ने स्थापनमा पुर्‍याउन लागिपरेको छ । यसै क्रममा झण्डै साढे २ दशकपछि काँग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरका व्यक्ति चयन भएका छन् । 

कांग्रेसको प्रभाव पुनर्स्थापित गर्नकै लागि सुरु भएको भारतीय कांग्रेस पार्टीको 'भारत जोडो'  यात्रा ७ सेप्टेम्बरमा दक्षिण भारतको कन्या कुमारीबाट सुरु भएको हो । यो यात्रा १५० दिनपछि काश्मीरको श्रीनगरमा पुगेर समाप्त हुनेछ । यो बिचमा भारतका १२ राज्य र दुई केन्द्र शासित प्रदेशमा अभियान चल्नेछ । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले नेतृत्व गरिरहेको यो यात्रा ३ हजार ५७० किलोमिटर लामो हुनेछ । यो पदयात्रामा अधिकांश राहुल पैदल रुपमा हिँडिरहेका छन् । काँग्रेसले भाजपाको सरकारले देशलाई विभाजित गरिरहेको भन्दै त्यसलाई जोड्नका लागि यो यात्रा आयोजना गरेको उल्लेख गरेको छ । 

'भारत जोडो'  यात्रामा नेपाली राष्टिय गान बजेको भिडियो यहाँ हेर्न सकिन्छ ।