डिशहोमले  विश्व कप टु के  रिजोल्युसनमा प्रशारण गर्दै

डिशहोमले  विश्व कप टु के  रिजोल्युसनमा प्रशारण गर्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ३, २०७९

ललितपुर  । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ' फिल द म्याजिक अफ फुटबल इन डिशहोम'  अभियान शुरु गरेको जनाएको  छ ।

नेपालको एक मात्र डिटिएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् ।

नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टम # MagicalMomentsof उनीहरुको मनपर्ने टिम जस्तै, MagicalMomentsportugal) प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।