काठमाडौँ १ मा सिंह, ललितपुरमा २ महर्जन र मनाङमा गुरुङ निर्वाचित

काठमाडौँ १ मा सिंह, ललितपुरमा २ महर्जन र मनाङमा गुरुङ निर्वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ६, २०७९

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले  चौथोपटक सांसद बनेका हुन ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

त्यस्तै  हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार  ललितपुर क्षेत्र नम्बर २ मा  नेकपा एमालेले जित हात पारेको छ ।  जित सँगै  । ललितपुर-२ बाट एमालेले खाता खोलेको छ । सोमबार राति सकिएको मत गणनामा एमालेका प्रेम महर्जन ६ हजार १३९ मतान्तरले विजयी भएका हुन  ।

एमालेका महर्जनले १५ हजार २५ मतका साथ सांसदमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाएका छन् ।