काठमाडौँ–४ मा गगन थापा तेस्रो पटक विजयी

काठमाडौँ–४ मा गगन थापा तेस्रो पटक विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ६, २०७९

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तेस्रो पटक जित निकालेका छन् । काठमाडौँ–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे ।  गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।