मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र साह हारे, जनमतका सतिश कुमार सिंह विजयी

मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र साह हारे, जनमतका  सतिश कुमार सिंह विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ६, २०७९

सप्तरी। यसअघि भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका सतिश कुमार सिंह प्रदेश सभामा निर्वाचित भएका छन ।

उनी सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर २ को क बाट निर्वाचित भएका हुन । जनमत पार्टीका उम्मेदवार सिंह १६ हजार ७३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार शैलेन्द्र साहले ८ हजार २ सय मत प्राप्त गरे । पराजित भएका साह मधेश प्रदेश सरकारका अर्थ मन्त्री समेत थिए ।

निर्वाचित सिंह यसअघि तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । ३० बैशाखमा भएको पालिका चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उनी नेपाली काङ्ग्रेसका अरुण मंडलसँग पराजित भएका थिए ।

५ हजार ४५७ मत प्राप्त गरी मण्डल निर्वाचित हुँदा सिंहले ३ हजार ५७५ मत प्राप्त गरेका थिए ।

गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी लोसपा परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका थिए ।