उदयपुर–२ मा एमालेका रायमाझी र रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

उदयपुर–२ मा एमालेका रायमाझी र रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ६, २०७९

उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भएका छन्  ।

त्यसैगरी  रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य ४५७२ मत प्राप्त  गरी  विजयी भएका छन् ।

एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् । तामाङले  २७५० मत प्राप्त  गरेका छन्