काठमाडौँ ५ मा प्रदीप पौडेल र ललितपुर–१ मा उदय शमशेर विजयी

काठमाडौँ ५ मा  प्रदीप पौडेल  र ललितपुर–१ मा उदय शमशेर विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ७, २०७९

 काठमाडौँ ।   काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । पौडेल १५२४३ मत ल्याउँदै विजयी भएका हुन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् ।

त्यसैगरी ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणाले२३९९२ मत ल्याइ निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नवराज सिलवालले १९२६६ लाई हराउँदै निर्वाचित भएका हुन् ।