सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी

सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् ।

माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्।