बारा ४ मा कृष्ण कुमार श्रेष्ठ, दैलेख १ मा अम्बर बहादुर थापा र बझाङ १ मा भानुभक्त जोशी विजयी

बारा  ४ मा कृष्ण कुमार श्रेष्ठ, दैलेख १ मा अम्बर बहादुर थापा र बझाङ १ मा भानुभक्त जोशी  विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ८, २०७९

काठमाडौँ  । बारा क्षेत्र नं ४ बाट नेकपा (एकीकृत समाजवादी) का कृष्ण कुमार श्रेष्ठ  विजयी भएका छन्  ।  

श्रेष्ठ ले २९ हजार ५ सय ५ मत ल्याई विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल मियाँले  १९ हजार ४ सय ३९  मत प्राप्त गरेका छन् ।   

दैलेख क्षेत्र नं १ बाट पनि एकीकृत समाजवादी अम्बर बहादुर थापा  विजयी भएकी छन् ।

थापाले १८ हजार २ सय ५६ मत ल्याई विजयी भएकी हुन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका रविन्द्र राज शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बझाङ क्षेत्र नं १ बाट पनि एकीकृत समाजवादी भानुभक्त जोशी  विजयी भएकी छन् । २७१४५

जोशीले 2८ हजार १ सय ४३ मत ल्याई विजयी भएकी हुन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका  ऐन बहादुर महरले २७ हजार १ सय ४५ मत प्राप्त गरेका छन् ।