प्रअ र शिक्षकलाई सहकारीको अध्यक्ष र सचिव नबस्न सुझाउँदा वडा सदस्य माथि दुर्व्यवहार !

प्रअ र शिक्षकलाई सहकारीको अध्यक्ष र सचिव नबस्न सुझाउँदा वडा सदस्य माथि दुर्व्यवहार !

रिकेश बिश्वकर्मा(क्षितिज)  |  शिक्षा  |  मंसिर ९, २०७९

काभ्रे। भुम्लु गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विनय भण्डारीले आफुमाथि सत्य र यथार्थ कुरा बोल्दा पनि शिक्षकले तथा नाम गाली गर्दै कुट्न आइलागेको गुनासो गरका  छन् ।

सिम्थलीको कामीडाँडा स्थिति रहेको श्री सेती दे.वि. आ.वि मा वडा सदस्य विनय भण्डारीले पटक पटक विद्यालय निरिक्षण गरेको र  निरिक्षण गर्न जाँदा शिक्षकहरुले उल्टो पढाइरहेको साथै बच्चाहरूलाई दिएको गृहकार्यमा समेत अशुद्ध भेटाएपछि  शिक्षकहरुलाई अरु कुनै संघ संस्था र उनीहरुको गतिविधिमा नजोडिन र  विद्यार्थीलाई राम्रोसँग पढाउन आग्रह गर्दा शिक्षकले आफूलाई गाली गर्ने गरेको आरोप सदस्य भण्डारीको छ । 

तर, स्कुलका  प्रधानाध्यापक  र शिक्षकले  सहकारीमा जोडिएर काम गरिरहेका भनेर वडामा पटक पटक गुनासो आउने गरेको छ । स्कुलका  प्रधानाध्यापक  प्रेम खड्का (अर्जुन) नव उत्पादन कृषि सहकारी संस्थाको अध्यक्ष छन्  भने सोही विद्यालयका शिक्षक राजकुमार महत सचिव रहेका छन् । 

शिक्षकहरु अन्तै लागेर विद्यार्थीको शिक्षामा असर पुर्‍याएपछि २०७९ मंसिर ७ गते बुधबार बिहान सदस्य विनय भण्डारी लगायत सबै स्थानीयबासीले बैठक  बसी स्कुलका शिक्षकलाई नव उत्पादन कृषि सहकारी संस्थाको अध्यक्ष नराख्ने  भनी हटाउने र  उक्त सहकारीको अध्यक्षमा स्थानीय केशव महतलाई राखियो भने सचिवमा मिलन खड्कालाई निर्णय गरि सकिएको छ । 

अध्यक्ष पदबाट स्कुलका प्र।अ प्रेम खड्कालाई हटाएपछि वडा सदस्य विनय भण्डारीले तपाईंहरु सरकारी कर्मचारी बस्न मिल्दैन । विद्यार्थीहरुलाई राम्रोसँग पढाउनु बरु अब नयाँ बसेको सहकारीको अध्यक्षलाई सचिवलाई केही नआए सिकाई  दिन आग्रह गर्दा अध्यक्ष हट्न पर्दाको आक्रोश आफू माथि पोखिएको  सदस्य भण्डारी बताउँछन् ।

 आफुले सरकारी कर्मचारी कतै बस्न पाइदैन भनेपछि कहाँ  छ नियम स्कुलको शिक्षक सहकारीको सचिव अध्यक्ष बस्न पाइदैन भनेर लिएर 'आइज'  'जा' त जस्तो  'तँ वडा सदस्यले के गर्छस् ?' 'गर' भन्दै सोही स्कुलका स्थायी शिक्षक राजकुमार महतले आफुमाथि स्कुलको ड्रेसमा नै कुट्न आइलागेको वडा सदस्य भण्डारीले जानकारी दिएका छन् ।

बैठकमा सहभागी प्रत्यक्षदर्शी स्थानीय केशव महत भन्छन् - विनयमाथि शिक्षक राजकुमार महत कुट्न आइलागेको थिए सदस्य विनय भण्डारीले विद्यार्थी कमजोर छन् । शिक्षकहरु अन्त अध्यक्ष सचिव बस्न मिल्दैन भनेका मात्र थिए  सिदा 'जा के गर्छस् ! बस्न नहुने कहाँ लेखेको छ ! भन्दै झम्टिएको र हामीले छुट्यायौँ । 

 अर्को प्रत्यक्षदर्शी डिल बहादुर दर्जी भन्छन् - गल्ती शिक्षक राजकुमारको हो। एक्कासि विनयलाई 'तैँले के गर्छस् ! गर ! भनेर आइ लागे । शिक्षकहरु मनलाग्दी गरेर अहिले बच्चाहरुको पढाई बर्बाद भइरहेको छ । 

के विद्यालयको शिक्षक अन्य संघ संस्थामा अध्यक्ष सचिव बस्न मिल्छ त भनी भुम्लु गाउँपालिका  शिक्षा शाखाको अधिकृत प्रेम पुरीसँग प्रश्न गर्दा स्कुल समयमा विद्यार्थीको पढाइलाई असर गर्ने गरी शिक्षकहरु अन्त विभिन्न पदमा बस्न नमिल्ने जानकारी दिएका छन् ।  सिम्थलीका वडा अध्यक्ष सुजन भण्डारीले भने त्यस बिषयमा गुनासो आएको तर आफू अस्वस्थ भएको कारण केही दिनमा दुबैलाई राखेर छलफल चलाउने  तयारी गरिरहेको जानकारी  दिए । 

तर, वडा सदस्य विनय भण्डारी भने आफू वडा सदस्य भएको हैसियतले विद्यार्थीहरु पढाईमा कमजोर भएकोले शिक्षक अन्त कतै नलागी विद्यार्थीलाई पढाउन सुझाउँदा  पनि शिक्षकले पिट्न आउँछन् भने यो बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । साथै भुम्लु गाउँपालिकाको शिक्षा शाखालाई पनि विद्यालय निरिक्षण आग्रह गरेका  छन् ।