सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर  कार्की विजयी

सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर  कार्की विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १५, २०७९

सुनसरी ।  सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ ।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो ।