गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवा अब नेपाल पे क्यूआरमा उपलब्ध

गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवा अब नेपाल पे क्यूआरमा उपलब्ध

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १६, २०७९

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग गरिमा डिजिटल बटुवा बाट अब नेपाल पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । 

 बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआरमा स्क्यान गरी क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।  

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल पे क्यूआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल पे क्यूआर स्थापना र सञ्चालनमा आएको हो,जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य  क्यूआर स्कीम सँग अन्तर आबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरूबाट गरिमा डिजिटल बटुवा अथवा  नेपाल पे क्यूआरमा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् । 

यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा नेपाल पे क्यूआरजोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धि हुने आशा गरिएको छ साथै डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ । गरिमा विकास बैंकले नेपाल भरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको जनाइएको  छ। 

थप जानकारीका लागि नेपाल www.garimabank.com.np हेर्न बैंकले हेर्न अनुरोध