विश्वकप क्रिकेट प्रतियोगिता : उद्घाटन खेलमा आयोजक इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दै

विश्वकप क्रिकेट प्रतियोगिता : उद्घाटन खेलमा आयोजक इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १६, २०७६

काठमाडौं । क्रिकेटको कुम्भ मानिने विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

लण्डनको ओवल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः३० बजे खेल सुरु हुँदैछ ।

दुवै टिम उद्घाटन खेल जितेर प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा छन् । तर, कुन टिमले खेल जित्छ भनी आँकलन गर्न सहज छैन । यद्यपि, इग्ल्याण्डलाई घरेलु कण्डिसनको फाइदा रहनेछ ।

इग्ल्याण्ड इयोग मोर्गनको कप्तानीमा मैदानमा उत्रिँदैछ भने दक्षिण अफ्रिका फाप डु प्लेसिसको नेतृत्वमा खेल्दैछ। यी दुवै टिमले विश्वकप प्रतियोगिता जित्न सकेका छैनन् ।

प्रतियोगिताको उद्घाटन बकिंघम प्यालेसस्थित लण्डन मलमा बुधबार भएको थियो । उद्घाटनपछि इग्ल्याण्डकी महारानी एलिजाबेथले प्रतियोगितामा सहभागी टिमका कप्तानसँग भेट गरिन् । र, सामूहिक तस्बिर खिचाइन् ।

यो समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो ।