कुमारी बैंक मार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

कुमारी बैंक मार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २२, २०७९

काठमाडौँ । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याईएको बैंकले जनाएको  छ ।

यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक शेयर निस्कासनमा आवेदन दिने व्यवस्था मिलाईएको छ ।  श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक शेयरमा आवेदन दिन सकिने छ। बैंकले शाखा अथवा अनलाइन माध्यम बाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधा ले मद्दत गर्ने विश्वास गरिएको छ ।

आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ्ग ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।