विश्वकप क्रिकेट २०१९ : यस्ता छन् विशेषता

विश्वकप क्रिकेट २०१९ : यस्ता छन् विशेषता

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १६, २०७६

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको प्रतीक्षामा रहेका दर्शकको चाहना अबको केही घन्टामै पूरा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समय अनुसार आज दिउँसो ३ः३० बजे सुरु हुँदैछ । उक्त खेलमा आयोजक इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् ।

यससँगै प्रतियोगिताका विशेषता यसप्रकार छन् ।

- प्रतियोगितामा १० टिम भाग लिइरहेका छन् । हरेक टिमले एक-अर्कासँग प्रतिष्पर्धा गर्नेछन् ।

- हरेक टिमले कम्तिमा ९ खेल खेल्नेछन् ।

- शीर्ष चार टिम सेमिफाइनलका लागि छनोट हुनेछन् । यीमध्ये दुई फाइनल पुग्नेछन् ।

- प्रतियोगितामा १६ अम्पायर र ६ म्याच रेफ्री रहनेछन् ।

- विश्वकप बिजेताले २८ करोड तथा उपबिजेताले १४ करोड भारू पाउनेछन् ।